गोर्खाली रेडियोका सम्पूर्ण सामाग्रीहरु ‘मोबाईल एप्स’मा पनि

img-featured

गोर्खाली रेडियोका सम्पूर्ण सामाग्रीहरु ‘मोबाईल एप्स’मा पनि 
पोखरा, गोर्खाली रेडियो
आफ्नोपन , आफ्नो पहिचान , सवल नेपाल हाम्रो अभियान भन्ने मुल नाराका साथ बिर गोर्खालीहरुको सामुहिक लगानीमा पोखरा बाट संचालित यस गोर्खाली रेडियोले स्रोताहरुको लागि थप सुविधा विस्तार गरेको छ ।

ईन्टरनेट पुस्ताका स्रोताहरुलाई लक्षित गर्दै ‘मोबाईल एप्लिकेसन’ तयार पारेको छ । ‘मोबाईल एप्लिकेसन’ मा पनि स्रोताहरुले देश विदेशमा गोर्खाली एफएम प्रत्यक्ष सुन्न सक्नेछन् । ईन्टरनेटमार्फत www.radiogurkhali.com र मोबाईलमार्फतhttps://play.google.com/store/apps/details… गोर्खाली रेडियो सुन्ने स्रोताहरु दिनप्रतिदिन बढ्दै गएपछि उनीहरुलाई सजिलोका लागि रेडियोले ‘एप्स’ तयार पारेको हो । त्यस्तै कास्की आवाज राष्ट्रिय दैनिकमा पनि गोर्खाली रेडियोमा प्रसारण हुने कार्यक्रमको रुपरेखा दैनिक हेर्न सक्नु हुन्छ ।

एन्ड्रोईड मोबाईल प्रयोगकर्ताहरुले ‘गुगल एप्स’मा गएर ‘ गोर्खाली रेडियो ’ सर्च गरेर यसलाई डाउनलोड गर्न सक्नेछन् । मोबाईलमा यो एप्स डाउनलोड गरेपछि गोर्खाली रेडियोले अपलोड गर्ने सम्पूर्ण समाचार, भिडियो र अन्य सामाग्रीहरु प्रयोगकर्ताहरुले सहजै प्राप्त गर्नेछन् ।