गोर्खाली रेडियो १०६ मेघाहर्जको सातौं वार्षिक साधारण सभा सम्पन्न ।

img-featured

गोर्खाली रेडियो १०६ मेघाहर्जको सातौं वार्षिक साधारण सभा सम्पन्न ।
बुद्धि तमु, 
पोखरा, १८ भदौ ।
“आफ्नोपन आफ्नो पहिचान, सवल नेपाल हाम्रो अभियान” मूल नाराका साथ गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गोर्खाली रेडिायो १०६ मेघाहर्जको सातौं वार्षिक साधारण साधारण सभा शनिवार रेडियोकै प्राङ्गण सिमलचौंरमा सम्पन्न भएको छ ।
 
पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्दै प्रमुख अतिथि क्याप्टेन टिकप्रसाद गुरुङले समुदायमा समर्पित रहेर समुदायको विकाश गर्दै देश विकाशमा टेवा पु¥याउन रेडियोको मूल नारा आत्मासाथ गर्दै अघि बढेकोमा शुभकामना ब्यक्त गर्नुभयो । विशेष अतिकिो तर्फबाट मन्तव्य दिने क्रममा पोखरा फाइनान्सका डाइरेक्टर एवम् गोर्खाली रेडियो १०६ मेघाहर्जका कार्यसमिति सदस्य मेजर प्रेमबहादुर थापाले स्वागत मन्तव्य राख्नुहुदै विदेशी भूमिमा परिश्रम खर्चेर स्वदेश फर्केर आउदा देशमा व्याप्त अन्याय, भ्रष्टाचार, कार्यालयमा देखिने बिभेद, भाषा, व्यबहारले पुनः बिदेश धकेलिन वाध्य बनाउने अवस्थालाई कम गराउन गोर्खाली समुदायको पहलमा स्थापित रेडियो गुणस्तर बिकासमा उन्मुख रहेकोमा स्थायित्वका लागि सबैको साथको स्वागत रहेको बताउनुभयो ।शेयर सदस्यको तर्फबाट क्या. हिक्मतबहादुर गुरुङले समय समयमा समिति कर्मचारी बीचको अन्तरकृया आवश्यक रहेको बताउदै गुणस्तरीय बिकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
 
रेडियोकी निबर्तामान अध्यक्ष, वरिष्ठ सञ्चारकर्मी एबम् तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष मीना गुरुङले सञ्चारगृह संबेदनशील रहने भएकोले सबै पक्षबाट सहयोग साथ हुनुपर्ने बताउनुहुँदै कर्मचारी सम्मानको संस्कारको सुरुवात गरेकोमा रेडियोको प्रशंसा गर्नुभयो । सल्लाहाकारको तर्फबाट शुभकामना ब्यक्त गर्नुहुँदै गोर्खा एण्ड वराह ज्वेलरीको प्रबन्ध निर्देशक हरी धमलाले गोर्खाली समुदायले सञ्चालन गरेको जुनसुकै ब्यवसाय सफल भई छाड्ने सम्भाबना देखेको र रेडियोमा कार्यरत सदस्यहरुलाई ब्यबसायिक बनाउनु पर्ने बताउनुभयो । गोर्खा कम्युनिटी अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले सबैको साथ र सहयोगले गोर्खा कम्युनिटीको कार्य तथा गोर्खाली रेडियो अघि बढेको बताउनुभयो ।
 
कार्यक्रममा कार्यसमिति सदस्य क्या. मेखबहादुर गुरुङले सहकारीको सात सिद्धान्त बाचन गर्नुभएको थियो । सचिव सु. श्रीप्रसाद् गुरुङ, कोषाध्यक्ष सु. देउबहादुर गुरुङ, लेखा संयोजक बालुमाया पून एबम् अध्यक्ष शान्ती गुरुङद्वारा प्रस्तुत प्रतिवेदनमा सहभागि सदस्यहरुले ताली बजाएर समर्थन गरी पारित गरेका थिए । सो कार्यक्रममा रेडियोमा कार्यरत सदस्यहरुको परिचय कार्यक्रम राखिएको थियो । बर्ष उकृष्ठ कर्मचारी सिनियर प्राबिधिक बेलप्रसाद गुरुङलाई प्रमुख अतिथि क्या. टिकप्रसाद गुरुङ साथै अध्यक्ष शान्ती गुरुङद्वयले सम्मानपत्र र फूलमाला प्रदान गर्नु भएको थियो ।
 
कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर ओम जि मगर लगायत शेयर सदस्य तथा बिज्ञापन दाता, द गोर्खाज बाचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यवहाक अध्यक्ष भिमबहादुर गुरुङ, भुपालजङ कुँवर, पूर्व सल्लाहकार हुकुमराज थापाको उपस्थिति रहेको थियो । रेडियोकी अध्यक्ष शान्ती गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन कार्यसमितिको सदस्य एवम् रेडियोकर्मी खिमा गुरुङले गर्नुभएको थियो ।