गोर्खाली रेडियो १०६ अझ मनोरञ्जनात्मक एवम् थप समाचारको साथमा ।

img-featured

गोर्खाली रेडियो १०६ अझ मनोरञ्जनात्मक एवम् थप समाचारको साथमा ।
बुद्धि तमु,
पोखरा, ३१ भदौ । 
“आफ्नो पन आफ्नै पहिचान, सवल नेपाल हाम्रो अभियान” गोर्खाली रेडियो १०६ मेघाहर्ज असोज एक गतेदेखि थप मनोरञ्जन तथा स्थानीय, राष्ट्रिय खवरको साथमा प्रस्तुत हुने भएको छ । रेडियोमा कार्यरत सदस्यहरुको शुक्रबार बसेको नियमित मासिक बैठकले उक्त निर्णय गरेको रेडियोका स्टेशन म्यानेजर ओम जि मगरले जानकारी दिनुभएको छ ।  
एफ एम ब्याण्डको १०६ मेघाहर्जमा पश्चिमाञ्चल क्षेत्रभर, इन्टरनेटमा वेवसाइट मार्फत विश्वभरका स्रोताहरु र मोबाइल एप्समा एकैसाथ सुन्न सकिने रेडियो पोखराको सिमलचौरबाट दैनिक विहान ५ बजेदेखि राती १० बजेसम्म नियमित प्रसारित हुदैं आइरहेको छ । 
मनोरञ्जनात्मक, समाचारमूलक, स्थानीय, बौद्धिक, धार्मिक एबम् लोकसाँस्कृतिक कार्यक्रमलाई बढी प्राथमिकताका साथ प्रसारण गर्दै आइरहेको रेडियोले कार्यक्रम संयोजकको रुपमा कार्यक्रम “योङ भोइस”का कार्यक्रम सञ्चालक सुवास सापकोटालाई मनोनित गरेको छ भने बजार ब्यवस्थापन प्रमुखको लागि रडियोका कार्यक्रम संचालक, समाचार बाचक तथा प्राविधिक बुद्धि तमुलाई मनोनित गरी रेडियोलाई ससक्त रुपमा स्वास्थ्य प्रतिस्पर्धात्मक स्थानीय एबम् राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य राखेको बताइएको छ ।   
रेडियोले प्रत्यक्षरुपमा कार्यक्रम सञ्चालन गरी स्रोताहरुलाई प्रत्यक्ष टेलीफोन साथै स्ट्युडियोमा निम्ताएर  प्रत्यक्ष सहभागि गराउदै आएको पनि छ । असोजको एक गतेदेखि दैनिकरुपमा विहान ५:२५, ८:५५ र राती ९:२५ बजे स्थानीय गोर्खाली खबर, त्यसैगरी राष्ट्रिय गोर्खाली खबर पूर्वान्ह ११:५५ दिउसो, २:५५ र साझ ५:५५ बजे प्रसारित गरिने जनाइएको छ । 
स्रोताको सुझावलाई महत्वपूर्ण भन्दै सुझाव तथा प्रतिक्रियाको लागि रेडियोको फोन नम्वर ०६१ ५२७४२२, रेडियोको नाममा रहेको फेसबुक ग्रुप, वेवसाइट www. radiogurkhali.com र radiogurkhali@gmail.com मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।