उदघोषण तथा पत्रकारिता तालिम सम्पन्न

img-featured

पत्रकारिता तालिम विहिवार सम्पन्न

 

(ओम जी.मगर), पोखरा, २० माघ । पोखरा १० बुद्धचोकमा रहेको गोर्खाली समुदायद्धारा संचालित द गोर्खाज बचत तथा ऋण सहकारी संस्था र सामुदायिक रेडियो गोर्खाली एफ. एम. १०६ मेघाहर्जको संयुक्त आयोजनामा यहि माघ १२ गते बुधवारदेखि सुुरु भएको नौ दिने उदघोषण तथा पत्रकारिता तालिम विहिवार सम्पन्न भएको छ ।

 

गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरु र कर्मचारीहरुलाई  आफ्नो क्षमता अभिवृदि गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको समापन गर्दै सहकारी संस्थाका अध्यक्ष ध्इद्द भीम बहादुर गुरुङले पत्रकारले पित पत्रकारिता गर्न नहुनेमा जोड दिनुभएको थियो ।

यस्ता खालका तालिमले सहकारी संस्थाका शेयर सदस्यहरु र कर्मचारीहरुलाई अझै अगाडि बढ्न हौसला प्रदान गर्ने बताउनु भयो । तालिम अवधिभर संचारकर्मी खिमा गुरुङ, कञ्चन गुरुङ, शशी तुलाचन तथा रेडियोका स्टेशन म्यानेजर ओम जी.मगर लगायतले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षाथीहरु सम्झना गुरुङ, नन्द कुमारी थापा, प्रिन्स गुरुङ, केहरसिंह गुरुङ लगायतले आ—आफ्नो अनुभव व्यक्त गरेका थिए ।

 

 

रेडियोका अध्यक्ष शशी तुलाचनको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थी किशोर गुरुङले स्वागत र प्रशिक्षार्थी अस्मिता पराजुली पौडेलले धन्यवाद व्यक्त गर्नुभएको थियो भने प्रशिक्षार्थीहरु शारदा बराल, संगीता वि.क. र सुवास अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।