चण्डिका आमा समुहको छैटौ बार्षिक साधारण सभा सम्पन्न

img-featured

चण्डिका आमा समुहको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछाने को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा उहाले 
वडा नं ९ मा रहेको यो समुहले बिशेस गरी पोखरा सरसफाई मा पुर्याएको योगदानको मुक्त कण्ठ ले प्रसंसा गर्दै आगामी दिनमा अझै अगाढी बढन कामना गर्नुभयो। 
बिशेस अतिथि वडाको जनप्रतिनिधि राममाया मानन्धर ,नन्दराम गिरि ,सुरेश खवास ,गीता चम्रकार लगायतले आ आफ्नो भनाइ राख्नुभयो ।
वडा सचिब लोक दर्सनले koirala फोहोर बाट धेरै सामाग्री बनाउन सकिने भन्दै भबिस्यमा आय आर्जनमा सिप सिक्न वा काम संचालन गर्न वडाले बिशेस सहयोग गर्ने बताउनुभयो। कार्यक्रम मा गोर्खाली रेडियो १०६ मेगाहर्ज का स्टेसन म्यानेजर खिमा गुरुङ,बाराही एफ एम का प्रबन्ध निर्देसक रमेश पौडेल लगायतले बोल्नुभयो।
कार्यक्रममा सिता नेपालिले सचिवको र कोषाध्यक्ष देऊ माया पुनले कोषाध्यक्ष को प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
बिमला रानाभाटको अध्यक्षता मा कार्यक्रम सम्पन्न  कार्यक्रम को संचालन सम्झना रानाभाट ले गर्नुभयो।