सुरक्षित बैदेशिक रोजगार सम्बन्धि एक दिने वडा स्तरीय कार्यक्रम पोखरा ९ मा सम्पन्न

img-featured

"सुरक्षित आप्रबासनको आबस्यकता ,हामि सबैको प्रतिबद्दता" भन्ने नाराका साथ सुरक्षित बैदेशिक रोजगार सम्बन्धि एक दिने वडा स्तरीय कार्यक्रम आइतबार पोखरा महानगर पालिका वडा नं ९ मा सम्पन्न भएको छ।
पोखरा महानगर पालिका वडा ९ को कार्यालयको सहयोग तथा पौरखी नेपाल कास्की शाखाको आयोजनामा सम्पन्न कार्यक्रम वडा अध्यक्ष रामराज लामिछाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ  ।
कार्यक्रम मा उहाले बैदेशिक यात्रामा लाग्ने ब्यतिहरुलाई सिप सिकेर दक्ष बनेर र तथा बिबिध बिषयको ज्ञान लिएर मात्र जान आग्रह गर्नुभयो ।
कार्यक्रममा अतिथिहरु वडाका जनप्रतिनिधि गीता चर्मकार ,राममाया मानन्धर ,नन्दराम गिरि ,शुरेश खवास तथा वडा सचि लोकदर्सन कोइराला  लगायतले बैदेशिक यात्रामा लाग्नु पुर्ब नेपाल सरकारको ब्यबस्था  ,गर्नुपर्ने कार्य र आफुमा बिशेस गरी सिपको क्षमता अभिबृदी गर्नुपर्ने बताउनुभयो ।
 
पौरखी नेपालका अध्यक्ष मन्जु गुरुङले कार्यक्रम मा  प्रशिक्षण दिनुभयो  ।
शान्ता दवाडी को स्वागत मन्तब्य  तथा प्रभा गुरुंगको अध्यक्षता रहेको कार्यक्रम को संचालन तारा गुरुंगले गर्नुभयो  ।