सासंद मिना गुरुङ द्वारा बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

img-featured

गण्डकी प्रदेशका सांसद तथा जीफन्ट उपाध्यक्ष मिना गुरुङ, आफु सासंद भए देखि आफुले पाउने सेवा सुबिधाहरु सामाजिक क्षेत्रमा प्रदान गर्ने उद्देश्यका साथ असाहाय, जेष्ठनागरिक तथा अपाड्डहरुलाई सहयोग गर्दै आउनु भएको हो ।
 
सासंद गुरुड्ड सहित राष्ट्रिय सौन्दर्ययकर्मि युनियनका पदाधीकारी तथा सदस्यहरले पोखरा महानगरपालिका बडा नं १४ भैरेस्वरी आधारभूत प्राथमिक बिध्यालयका बालबालिकाहरु तथा नमुना बस्तीका जेष्ठनागरिकहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
 
सांसद गुरुङले भैरेस्वरी आधारभूत बिद्यालयका बिद्यायार्थीहरुलाई १२७ थान स्विटर, टोपी र चकलेट बिस्कुट समेत बितरण गर्नुभएको थियो । त्यसैगरी सासंद गुरुङले नमुना बस्तीका श्रमिकका बाबुआमाहरुलाई १५ थान ज्याकेट सहित  लत्ताकपडा र खानेकुरा समेत बितरण गर्नु भएको हो ।
सो अवसरमा बोल्दै सांसद गुरुड्डले नैतिक र ब्यवहारिक शिक्षा लिन जोड दिनु भयो । बिद्यालयका बालबालिकाहरुले राष्ट्रिय र तथा अन्तराष्ट्रिय स्तरमा समेत नाम उचो राख्न प्रेरणा दिनु भयो ।
सो अवसरमा जिल्ला खेलकुद बिकास समितिका सदस्य एम बहादुर गुरुड्डले दुई थान फुटबल प्रदान गर्नुभएको थियो । सो अवसरमा वडा नं १४ का सदस्य जितेनद्रजंड्ड बहादुर थापा, जिफन्ट गण्डकीका सहसचिव तथा संगिता पाण्डे, बिद्यालयका प्र.अ. मिना कार्की ब्यवस्थापन समितिका अध्यक्ष भिम (जंड्ड) बहादुर कुवँर, जिल्ला खेलकुद बिकास समितिका सदस्य एम बहादुर गुरुड्ड,समाजसेवी बिजया सुबेदी बसुन्धरा पौडेल लगायतका बोल्नु भएको थियो ।