कुइबाङमा मर्दि बराह माघेसंक्रान्ति मेला २०७५ हुने

img-featured

बेल गुरुङ-पुस २६ पोखरा  ।
कास्कीको माछापुच्छ्रे गाउपालिका-९ कुइबाङमा माघेसंक्रान्तिको अवसर पारेर "मर्दि बराह माघेसंक्रान्ति मेला २०७५" हुने भएको छ ।
 
स्थानीय श्री न्यु जेनेरेशन युवा क्लबले विगतका वर्षहरुदेखि नै संचालन हुदै आएको मेलालाई निरन्तरता दिई भविष्यमा मर्दि बराह थानलाई तिर्थ स्थलका रुपमा परिचित गराउने उदेश्यले मेलाको आयोजना गरेका हुन्  ।
 
"आफ्नो संस्कार संस्कृति बचाऔ, पहिलेको मेलालाई निरन्तरता दिऔ" भन्ने नारालाई आत्मासाथ गर्दै यही पौष ३० गते देखि माघ ३ गते सम्म संचालन हुने मेलामा खुल्ला अन्तर गाउ स्तरीय पुरुष भलिवल प्रतियोगिता, अन्तर क्लव स्तरीय महिला भलिवल प्रतियोगिता, ३२ बर्षमाथिका प्रौढ पुरुष भलिवल प्रतियोगिता, छेलो, रस्साकस्सी, घैटो फुटाउने, एकल नृत्य र मकै गन्ने प्रतियोगिताका साथै विविध सास्कृतिक कार्यक्रमलाई  समेटिएको क्लवले जनाएको छ  ।
 
प्रतियोगिताहरुमा पुरुष भलिवलमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार साथमा शिल्ड, मेडल वेस्ट प्लेयर र प्रमाणपत्र, महिला भलिवलमा प्रथम रु १५ हजार, द्वितीय  पुरस्कार रु १० हजार साथमा शिल्ड, मेडल वेस्ट प्लेयर र प्रमाणपत्र र अन्य प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लवले बताएको छ ।
 
पोखराबाट २० किलोमिटरको दुरीमा रहेको कुइबाङ १ घन्टामा पुग्न सकिन्छ भने हरीचोक बाट गाडी पाइन्छ ।