हाम्रो बारेमा
संचार एक्काईसौं शताब्दीको शसक्त, प्रभाबकारी माध्यम हो । संचारले गर्दा नै संसारमा भएका नयाँ नयाँ आबिश्कार उत्पादन तथा दर्शनहरु बिश्वका जनता, श्रोता उपभोक्ताहरुले सहजै उपभोग गर्न पाएका छन् । संचारले गर्दा नै उनिहरुमा बस्तु तथा सेवा सम्बन्धि पूर्ण जानकारी हुन जान्छ । त्यसैले प्रतिस्पर्धात्मक बाताबरण र यो परिबेशमा देखापरेकाहरेक सूचनाहरुको जानकारी समुदाय सदस्य एवं संस्थाहरुलाई उपलब्ध गराउने माध्यमको रुपमा स्थापित गर्न गोर्खा सञ्चार सहकारीको जन्म र बिकास भएको हो । यसले गोर्खाली रेडियो १०६ मेघाहर्ज सञ्चालनमा ल्याएको छ ।
यो संस्था बिशेष गरी गोर्खाली समुदाय प्रति लक्षित रहि समुदाय भित्र रहेको शिप, क्षमता, दक्षता तथा स्रोत एबं साधनलाई लगानीको अबसरका रुपमा परिभाषित र बिकास गर्दै राष्ट्रको मुलधारमा समेट्ने लक्ष्य र अवधारणा अनुरुप दर्ता भएको हो । “आफ्नोपन, आफ्नै पहिचान । सवल नेपाल, हाम्रो अभियान ” भन्ने नारा सहित गोर्खालीहरुलाई राष्ट्र बिकासमा समाहित गर्ने लक्ष्य लिएको छ । यो रेडियो पोखरा र आसपासका जिल्लामा बसोबास गर्ने गोर्खाली समुदायको एक मात्र साझा रेडियो बनेको छ ।
गोर्खाली रेडियो को उद्देश्य :
यो एफ. एम. समुदायको समग्रपक्षको उत्थान गर्ने उद्देश्यका साथ स्थापित सामुदायिक भावनाले प्रेरित तर सहकारी सञ्चार माध्यम हो । यसका निम्न बमोजिमको उदेश्यहरु छन् ।
१) एफ. एम. ले समुदायका सदस्यहरुलाई सहुलियत दर (Preferential rate) मा सेवा प्रदान गर्ने ।
२) समुदायका सदस्यहरुलाई सृजनशिल बनाउन तथा ब्यबसायमुखी बनाउन, कार्यक्रमहरु उत्पादन, प्रशारण गर्ने र गतिबिधिहरुमा सहभागी गराईने ।
३) समुदाय संग नामजोडिएर आएका हरेक व्यवसायिक संस्थाहरुलाई अझबढी प्रतिस्पर्धि , सक्षम, सृजनशिल, अनुकरणीय, तथा ब्यबसायमुखी बनाउन कार्यक्रमहरु उत्पादन, प्रशारण गर्ने र गतिबिधिहरुमा प्रत्यक्ष सहभागी गराईने ।
४)सरकार र समुदायका सदस्य एवं व्यवसायीक संस्थाको बिच भरपर्दो सम्पर्क र समन्वय माध्यमका रुपमा काम गर्ने ।
५) गोर्खा भु.पु तथा बहालवाला सैनिक बर्गको आवाजलाई प्राथमिकता दिंदै उनिहरुलाई बिकासमा सहभागिताको लागि बाताबरण बनाउने ।
६) बिश्वभर रहेका गोर्खाहरु बिच एकता कायम गर्ने, आर्जनगरेको रकमलाइ दिगो र प्रतिफलयुक्त क्षेत्रमा सामुहिक लगानी गर्ने र मुलुकमा ब्यबसायिक पहिचानका लागि एउटा अनुसन्धान सञ्जाल ( Research Network) निर्माण गर्ने ।
७) प्रतिस्पर्धात्मक ब्यबसायिक शिक्षा तथा प्रशिक्षण दिई साझा लगानी (Investment Forum) को स्थापनागरि समुदायलाई परिचालित गर्ने वातावरण निर्माणगर्ने जस्तो बृहत उद्धेश्य लिएको छ ।
यस एफ. एम. ले के गर्नेछ ?
गोर्खाली समुदाय, राज्यले हालसम्मपनि सम्बोधन र पहिचान गर्न नसकेको नेपालको एउटा बिशाल समुदाय हो । यस समुदायमा रहेको सकारात्मक, सृजनात्मक र उर्जाशिल पक्षलाई बिकास निर्माणमा सहभागि गराउने, उनीहरुमा भएको पूँजी, प्राबिधिक ज्ञान, शिप लाई सदुपयोग गर्न उत्प्रेरित गर्न, उनीहरुको कथा, ब्यथा र सफलताहरु सार्बजनिक गर्न, गोर्खाली रेडियो शसक्त माध्यम हुनेछ ।
समुदायका सदस्यहरु बाट प्रबद्र्धित ब्यापार, ब्यबसाय, उद्योगहरुको विकास विस्तारमा सहयोग पू¥याउदै पहिलो उपभोक्ता (Consumer) र उत्पादक (Producer) हरु यसै समुदायकै सदस्यहरु वनाउन आवश्यक बाताबरण तयार पारेमा सेवाप्रदायक संस्था एवं सदस्य विचको शुमधुर सम्वन्धले सञ्चालन आधार दिगो हुने , रोजगार सृजनाको नयाँ अनुकरणीय उदाहरणहरु तयार हुने हुनाले ब्यबसायिक एकता र उचित बाताबरणको निर्माणको लागि यो एफ. एम. ले प्रमुख प्राथमिकताकासाथ सहयोग गर्नेछ
एफ. एम. समुदायमा आधारित ब्यवसायिक रेडियो हो । त्यसैले आफनो कार्यक्रमहरुलाई निम्न क्षेत्रमा बिभाजन गरेको छ ।
क) मनोरन्जनात्मक (Entertainment)
संगितः– नेपाली गीतहरु, हिन्दीगीतहरु, गजल, अंग्रेजी गीतहरु ।
बिभिन्न भाषाभाषी तथा क्षेत्रहरुको गीतहरु ।
रेडियो नाटक तथा हाँस्य कार्यक्रमहरु ।
ख) सूचनामुलक (Informative)
गोर्खा समुदायको गतिबिधी तथा कृयाकलापहरु ।
समाचार ।
फोनइन .....(फोन मार्फत बहस)
रेडियो रिपोर्ट (Reports)
Review of the Press
बिकास गतिबिधी
ग) शिक्षामुलक (Educational)
धार्मिक कार्यक्रम ।
साक्षारता, दुरशिक्षा कार्यक्रम ।
बिज्ञान र प्रबिधी,
कृषि,
स्वास्थ्य, शिक्षा
महिला, बाल तथा युवा कार्यक्रमहरु ।
घ) अन्य (Others)
यसले राष्ट्रिय लगायत क्षेत्रिय भाषामा कार्यक्रम प्रशारण गर्नेछ । ती बाहेक सबै भाषाहरुको बिकास र संरक्षण गर्नेछ ।
६) कार्यक्रम प्रसारण समय ः
विहान ५ देखि राती १० वजे सम्म दैनिक १७ घण्टा प्रशारण हुने गर्दछ । विहान ५.४५ देखि राती १० वजेसम्म विशेष खवर र रिपोर्टका साथ प्रशारण गरिने समाचार र समाचारमुलक प्रस्तुतिहरु एवं सवल नेपाल निर्माणकालागि जागरण र चेतनामुलक प्रस्तुतीहरु रहेका छन् ।
एफ.एम.को मुख्य विशेषता
यसको मुख्य विशेषता भनेको अवको नेपाल नयाँ मात्र होइन सवल र सम्वृद्ध हुनुपर्छ भन्ने मान्यतालाई अगाडी सारेर हरेक नेपालीलाइ सोही अभियानमा सामेल गराउन आफ्नो मुख्य स्टेशन आइडीमा ‘ आफ्नो पन, आफ्नै पहिचान , सवल नेपाल हाम्रो अभियान ’ भन्ने Slogan सहित प्रशारण प्रारम्भ गरेको रेडियो हो । यो रेडियोले यो Slogan को अभियानलाई सफल बनाउन सर्वप्रथमतः ज्ञान, सिप र श्रोतका हिसावले सवल र सक्षम वर्गको रुपमा रहेको गोर्खा भुतपूर्व सैनिक समुदायलाइ परिचालन गरि राष्ट्र निर्माणको अभियानमा सामेल गराउने लक्ष्य लिएको छ । यो वर्ग हरेक दृष्टिले सक्षम भएपनि अहिले सम्म कुनैपनि व्यक्ति, समुदाय, वर्ग, समूहले मात्रै पहिचान गर्न नसकेको नभइ राज्य र यसका कुनैपनि संयन्त्रमा यसको जानकारी र सूचना समेत छैन् । साथै यो एफ.एम.ले समावेशी सुशासन, भ्रष्टाचार मुक्त समाज, पारदर्शि क्रियाकलाप र लोकतान्त्रिक एवं सुसंस्कृत संस्कार निर्माणमा लक्षित क्रियाकलाप र कार्यक्रमलाइ प्रमुख प्राथमिकताका साथ समावेश गरि प्रवर्धन गर्ने हुनाले यो पनि व्यावसायिक एफ. एम. रेडियो इतिहासमा नौलो प्रयोगको रुपमा लिइएको छ ।
अन्य विशेषताहरु
१) कास्की तथा यस आसपास बसोबास गर्ने सम्पूर्ण गोर्खाली समुदायको एक मात्र सामुहिक र साझा रेडियो हो ।
२) यसका प्रारम्भिक श्रोताहरु नै पोखारा उपत्यकामामात्र कम्तिमा ३ लाख रहेका छन् ।
३) यसका प्रत्यक्ष लगानीकर्ता सदस्य ३ सय भन्दा बढि गोर्खाली भुपु तथा बहालवाल सैनिक र गोर्खा कम्युनिटी पोखरामा ३ हजार भन्दा बढि सदस्य संगठित भइसकेका छन् ।
४) बेलायत,बु्रनाई, हड.कड.,सिगांपुर भारत लगायतका बिभिन्न देशहरुमा वसोवासगर्ने गोर्खाहरु र हाल क्रियाशिल गोर्खाहरु समेतको सहयोगमा रेडियो स्थापना गरिएको र भबिष्यमा बेलायतबाट प्रसारण हुने सैनिक सेवा बि.एफ.बि.बिएस संग पनि साझेदारी गरि गोर्खाली दाजुभाई सम्म सम्पुर्ण कार्यक्रम पुर्याउने लक्ष्य र समझदारी सहित स्थापित रेडियो हो यो ।
५) विश्वभर रहेका नेपालीहरु र विशेषगरी गोर्खाहरुले सुन्न सक्नेगरि रेडियोको प्रारम्भिक प्रशारणमै अनलाइन रेडियो प्रशारण हुने हुदां सवैलाइ यसले फाइदा पु¥याउने छ ।
६) बिगत दश बर्ष देखि पोखराको स्थापित रेडियोमा ञिmयाशिल रहि ख्याती कमाइसकेका अनुभबी संञ्चार कर्मिहरुको संलग्नता रहेको छ ।
७) हरेक कार्यक्रम वजार अध्ययन एवं श्रोताहरुको माग र चाहाना बमोजिम तयार पारिएको हुनाले यसमा अत्यन्त नौला प्रस्तुतिहरु रहने छन् ।
गोर्खाली रेडियो १०६ मेघाहर्ज
न्युरोड , पोखरा
फोन : ०६१-५७७४२२ / ५७७४१५
इमेल ः gurkhalinews@gmail.com
radiogurkhali@gmail.com









