स्याङ्जाकी छोरी कोरियाको बुसान विश्वविद्यालयकी प्राध्यापक
स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपाली आफ्नो पढाइ प्रतिको लगावलाई केयर नेपाल नामक संस्थाले छात्रावृत्तिका माध्यमबाट निरनतरता दिदै र उत्प्रेरित हुदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो । वन विज्ञानको अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्रिण गर्दै पत्रकारितामा स्नातक गर्न पुग्नु भयो ।
सानै उमेर देखि हकी र सहयोगी भावनाका कारणले विद्यार्थी राजनीतिमा छोटो समयमा नै केन्द्रिय राजनीतिमा दखल दिन सफल हुनु भएकी नेपाली युएनको जागिरमा समेत केहि समय विताएर बाह्य विश्वसँग साक्षतकार हुने अवसर पनि प्राप्त गर्नु भयो। २०६२-६३को जनआन्दोलनमा विद्यार्थी राजनीतिको केन्द्र भागमा रहेर नेपालको राजनीतिक परिवर्तनमा योगदान पुर्याउनु भएकी नेपालीले परिवर्तन संस्थागत हुन लागेको लामो संक्रमण कालिन समयका कारणले विदेशिन पुग्नु भयो ।शुरुमा कृषि मजदुरका रुपमा दक्षिण कोरिया प्रवेश गर्नु भएकी वँहाले कोरियामै एक सफल महिला युवा व्यवसायिका रुपमा आफूलाई स्थापित गराउन सफल हुनु भयो ।
यतिलाई मात्र आफ्नो जीवनको सफलता मान्न तयार नभएर वहाँले आफूलाई सृजनात्कता तिर लैजादै विश्वमा सुपरिचित कोरियन सौन्दर्य शास्त्रको अध्ययन गर्दै यसलाई पनि आफ्नो व्यवसाय बनाउदै आउनु भएकी नेपालीले कोरियामा रहदा देश प्रतिको जिम्मेवारी बोध गर्दै सक्रिय राजनीति मार्फत समेत प्रवासाबाटै देशको सेवा गर्ने र रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।
यसै सन्दर्भमा हाल वँहा पुसान विश्व विद्यालयमा प्राध्यापकको रुपमा नियुक्ति हुनु भएको छ । यसरि नेपालको एउटा सिमान्तकृत परिवारमा जन्मेकी छोरी विदेशको एउटा विश्व विद्यालयमा प्राध्यापन जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नुलाई चानचुने संघर्ष र साहस मान्न सकिदैन । अवका दिनमा आफ्नो पेशाका मार्फत नेपाली भाषालाई प्राध्यापनका माध्यमबाट अन्तराष्ट्रिय जगतमा परिचित गराउने मनोकाक्षा राख्नु भएकी सृजना नेपालीलाई हामी तर्फबाट सफलताको हार्दिक शुभकामना।
प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकहरू बिच छलफल
पोखरा,श्रावण । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा
आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु उम्मेदवार बराल
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने










प्रतिकृया दिनुहोस