कोरियाबाट सन्तोष गुरुङको सम्बन्ध कस्तो कस्तो सार्वजनिक
नेपाली आधुनिक विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "सम्बन्ध कस्तो कस्तो" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको "टीम बुलेट" को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् ।
"जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनि तर कुनै कुनै सम्बन्ध यस्तो हुने रै'छ कि जसलाई बुझ्न र बुझाउन निकै गार्हो हुने" भाव गीत मार्फत् प्रष्ट झल्किन्छ । मायालु जोडीमा हुने केही छट्पटी, उतार चढावका भावहरुले गीतको उचाई अझ बढाएको छ ।
"सम्बन्ध कस्तो कस्तो" गीतमा संगीत स्वयं उदय सोताङले नै भरेका छन् । सुर संगम स्टुडियोमा रेकर्डिङ, एरेन्जमा कृष्ण लिम्बु, रेकर्डिस्ट सुरथ प्रधान, मिक्स/मास्टरको जिम्मा दिनेश न्यौपानेले सम्हालेका छन् ।
नेपालको विभिन्न मनोरम दृश्य समावेश गरिएको यस गीतको म्यूजिक भिडियोमा सुरेश कोहिल र ममता हिन्माङ्गको अभिनय देख्न सकिन्छ । सुष्मा गुरुङ "लुरी" को निर्माणमा बनेको र म्यूजिक भिडियो दौथ राईले निर्देशन गरेका हुन् । गीत Uday Manila Sotang Official यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।
[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]
https://m.youtube.com/watch?v=ym5l
jZEexd0
सन् २०२६ सिजनभरी कोरियामा हुने भलिबल प्रतियोगिताहरु [आयोजक संस्था र मिति सहित]
प्रत्येक वर्ष कोरियामा नेपाली समुदायविच हुने भलिबल प्रतियोगिताहरुलाई पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गराउँदै आइरहेको नेपाल कोरिया भलिबल संघ
गोपीकृष्ण राई र सुस्मिता गुरुङ अभिनित झम्के साँझैमा सांगीतिक कोसेली सार्वजनिक
कोरियामा रहेका गोपीकृष्ण राईले रुबिन र्यापरले गीतसंगीत क्षेत्रमा मेलोडी गीत सांगीतिक कोसेली झम्के साँझैमा बजारमा ल्याएका छन् । प्रेमील शब्दहरु
छैठौं संस्करणको "छेजुदो भ्रमण" ब्यापक सहभागिताका साथ सम्पन्न
दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "छैठौं छेजुदो भ्रमण" कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत










प्रतिकृया दिनुहोस