कोरियाबाट गणेश तामाङ योञ्जनको कोरियन लाहुरे सार्वजनिक

नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । 

 

विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जाल मार्फत नै जोड्ने र आपसमा मायालु भावहरु व्यक्त गर्ने कुराहरुलाई कल्पना गरेर गीतको शब्द तयार गरिएको हो । तस्वीरकै आधारमा जोडिएको सम्बन्ध मात्रै भरपर्दो हुन नसक्ने सन्देश पनि गीत मार्फत् दिन खोजिएको छ । "कोरियन लाहुरे" गीतमा संगीत विशाल काल्तानले भरेका छन् । अर्पण स्टुडियो बौद्धमा रेकर्डिङ, सम्पादनमा अनिल बिष्ट प्यूठानी, मिक्स/एरेन्जको जिम्मा अर्पण थिङले सम्हालेका छन् ।

काठमाडाैँ वरपर विभिन्न मनोरम दृश्य समावेश गरिएको यस गीतको म्यूजिक भिडियोमा गायक स्वयं आस्मान लोप्चन र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ । क्यामेरामा दुर्गा श्रेष्ठ, मेकअपमा शोभना थापा र गीतकार गणेश तामाङ योञ्जनकै निर्माणमा बनेको र म्यूजिक भिडियो युद्ध लामाले निर्देशन गरेका हुन् । गीत CLICK NEPAL को अफिसियल यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

https://www.youtube.com/watch?v=h3oILMd

dcxY

 

 

 

 

प्रतिकृया दिनुहोस

स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित

अगष्ट १७ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विधान संशोधन सम्बन्धी बृहत् भेला आयोजना गर्ने

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही अगष्ट १७ तारिक सौलमा "विधान संशोधन सम्बन्धी बृहत् भेला" कार्यक्रम आयोजना गर्ने भएको छ । सउलको ‌[종로구 창신길

कोरियामा मगर समुदायको भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम आगामी जून १४ र १५ मा हुने

कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति