अगष्ट १७ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विधान संशोधन सम्बन्धी बृहत् भेला आयोजना गर्ने

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही अगष्ट १७ तारिक सौलमा "विधान संशोधन सम्बन्धी बृहत् भेला" कार्यक्रम आयोजना गर्ने भएको छ । सउलको ‌[종로구 창신길 51(창신동) 5 충,총로중 앙세마울 금고] मा बिहान ११ बजे देखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गर्ने जानकारी संस्थाका अध्यक्ष हरी खनालले जानकारी दिए ।

दक्षिण कोरियामा क्षेत्रीय संस्थाहरुलाई अभिभावकत्व प्रदान गरिरहेको सम्भवतः कोरियामै सबैभन्दा पुरानो छाता संस्था नेपाली सम्पर्क समितिले कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायका प्रतिनिधिहरूलाई उपस्थित भएर संस्थाको भविष्यको दिशानिर्देशनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ ।

कार्यक्रममा संविधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी कार्ययोजना सम्बन्धी महत्वपूर्ण विषयहरूमा बहस–संवाद हुनेछ जनाइएको छ । डा. एकराज बरालको संयोजकत्व तथा सदस्य सचिव दीपक थापा मगर रहेको विधान संशोधन समितिमा भवानीप्रसाद (बिपि पौड्याल), धर्मराज तिवारी, हर्क विष्ट, ईश्वर धामी, ओमलाल ओली, प्रविण गिरी, किरण बन्जाडे, केदार निरौला र हरिप्रसाद खनाल रहेका छन् । संस्था वा संगठनको कार्यदिशा स्पष्ट पार्न, संस्थागत संरचना तथा योजनाको तर्जुमा गर्न र गराउन साथै आवश्यक सुधार ल्याउन उक्त कार्यक्रम आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस

स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित

कोरियाबाट गणेश तामाङ योञ्जनको कोरियन लाहुरे सार्वजनिक

नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा

कोरियामा मगर समुदायको भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम आगामी जून १४ र १५ मा हुने

कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति