सन् २०२६ सिजनभरी कोरियामा हुने भलिबल प्रतियोगिताहरु [आयोजक संस्था र मिति सहित]

प्रत्येक वर्ष कोरियामा नेपाली समुदायविच हुने भलिबल प्रतियोगिताहरुलाई पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गराउँदै आइरहेको नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले यस वर्ष सन् २०२६ को लागि गत फेब्रुअरी १७ तारिक सउलमा भलिबल प्रतियोगिता बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ । भलिबल प्रतियगिताको लागी संघमा निवेदन आएको आधारमा सन् २०२६ को सिजन अवधिभर ९ वटा विभिन्न संघसंस्थाले अनुमति पाएको र उक्त प्रतियोगिताहरु संघको मातहतमा रहने गरी सञ्चालन हुने संघका अध्यक्ष विरेन्द्र राहु मगरले जानकारी दिए  ।

नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ मा स्थापित "स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल" भन्ने नारा सहित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको बताउँदै यस संघले सन् २०२६ सिजनभरीकै लागि गरिएको भलिबल प्रतियोगिता बाँडफाँडले आम आयोजक, खेलाडी, दर्शकहरुलाई मर्यादित र विश्वसनीयता टेवा पुग्ने संघका महासचिव देवेन्द्र पुनले बताए ।

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले सन् २०२६ का लागि बाँडफाँड गरेको भलिबल प्रतियोगिताको आयोजक संस्था र आयोजना हुने मिति निम्नानुसार सार्वजनिक गरेको छ ।

१. पाथीभरा क्लब, ताप्लेजुङ - मे - ३

२. बागलुङ समाज, थेगु शाखा - मे - २४

३. मगर संघ, द. कोरिया - जुन - २१

४. विश्वकर्मा समाज - जुलाइ - ५

५. मोना द. कोरिया - अगस्ट - २

६. नमस्ते पाल्पा - अगस्ट - १६

७. सुदुरपश्चिम समाज - सेप्टेम्बर -६

८. नेपाल भलिबल संघ - सेप्टेम्बर - २६

९. मगर संसार फोटो ग्यालरी अक्टोबर -४,

प्रतिकृया दिनुहोस

कोरियाबाट सन्तोष गुरुङको सम्बन्ध कस्तो कस्तो सार्वजनिक

नेपाली आधुनिक विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "सम्बन्ध कस्तो कस्तो" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक

गोपीकृष्ण राई र सुस्मिता गुरुङ अभिनित झम्के साँझैमा सांगीतिक कोसेली सार्वजनिक

कोरियामा रहेका गोपीकृष्ण राईले रुबिन र्यापरले गीतसंगीत क्षेत्रमा मेलोडी गीत सांगीतिक कोसेली झम्के साँझैमा बजारमा ल्याएका छन् । प्रेमील शब्दहरु

छैठौं संस्करणको "छेजुदो भ्रमण" ब्यापक सहभागिताका साथ सम्पन्न

दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "छैठौं छेजुदो भ्रमण" कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत