दक्षिण कोरियामा कबड्डी ५ को सुवन शो नोभेम्बर १ तारिक हुने
दक्षिण कोरियामा नेपाली चलचित्रप्रेमीहरुका लागि बहुप्रतिक्षित नेपाली कथानक चलचित्र "कबड्डी ५ : अफ्टर दि फाइनल म्याच" को विशेष प्रदर्शन हुने भएको छ । आगामी नोभेम्बर १ आइतबार सुवनस्थित AK Plaza Megabox मा दिउँसो १ बजे चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । प्रदर्शनका लागि टिकट बुकिङ समेत खुला गरिएको छ ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन्। नेपाली चलचित्र क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘कबड्डी’ शृङ्खलाको पाँचौँ भाग भएकाले यस चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।
प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र ग्रामीण नेपाली जीवनशैलीलाई हास्यरस तथा मौलिक संवादमार्फत प्रस्तुत गर्दै आएको कबड्डी शृङ्खलाले नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाएको छ। यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी ३’ र ‘कबड्डी ४’ को लोकप्रियताले पनि पाँचौँ भागप्रति दर्शकको उत्सुकता बढाएको छ ।
सुवनमा हुन लागेको यस विशेष प्रदर्शनमा जेबी बैंककी उर्मिला गुरुङ तथा जात्रा रेस्टुरेन्टको सहकार्य र सौजन्य रहेको छ। दक्षिण कोरियामा नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै व्यस्त प्रवासी जीवनबीच नेपाली चलचित्रमार्फत मनोरञ्जन, भेटघाट र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको हो ।
आयोजकका अनुसार चलचित्रको टिकट मूल्य ३० हजार वन निर्धारण गरिएको छ । टिकट बुकिङ तथा थप जानकारीका लागि सार्वजनिक सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ ।
टिकट बुकिङ तथा सम्पर्क
उर्मिला गुरुङ: 010-2058-2032
सानु लामा: 010-8272-2243
लक्ष्मी लामा: 010-2331-1165
हरि तामाङ: 010-2172-9312
राम लामा: 010-9862-9105
दक्षिण कोरियामा नेपाली चलचित्रको प्रदर्शनले प्रवासमा रहेका नेपालीलाई आफ्नै भाषा, संस्कृति र समाजसँग जोड्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा सहित सम्पन्न
३ कार्तिक, पोखरा । तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा तथा धार्मिक विधिहरूका साथ श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ। २०८३ कार्तिक ३
तमु धिं नेपालमा २२ केन्द्रीय सदस्य मनोनयन
हुम तमु पोखरा, ३० असोज तमु धिं नेपालको केन्द्रीय सदस्यमा २२ जना केन्द्रीय सदस्यहरु मनोनित हुनुभएको छ। केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा हरिमाया
कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ ।



प्रतिकृया दिनुहोस