गुरुङ संस्कृति र गाउँको सुन्दरता समेटिएको ‘लुम्रे गाउँ’ गीत सार्वजनिक
कास्की । गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान र गाउँको प्राकृतिक सुन्दरतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको ‘लुम्रे गाउँ’ गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका मेलिना राईको स्वर रहेको गीतमा रामप्रसाद गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको शब्द सिर्जनामा पासाङ गुरुङ (कान्छा) ले सहयोग गरेका छन्। गीतमा आन्दे गुरुङ (काले), रामप्रसाद गुरुङ, उषा गुरुङ र ममता गुरुङको पृष्ठभूमि स्वर रहेको छ।
गीतको मिक्सिङ पोखरा स्थित बार डिजिटल स्टुडियोमा बुद्धराज बज्राचार्यले गरेका हुन् भने काठमाडौं स्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा तेजेन्द्र गुरुङले रेकर्डिङ तथा एरेन्जको जिम्मेवारी सम्हालेका छन्।
म्युजिक भिडियोमा सेरिना गुरुङ मुख्य मोडलका रूपमा देखिएकी छन्। रामप्रसाद गुरुङ र एलिशा गुरुङले सहायक कलाकारका रूपमा अभिनय गरेका छन्। भिडियोको निर्देशन जस्सु गुरुङले गरेका हुन् भने निकोलस गुरुङले डीओपी तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, आकर्षण आचार्यले छायांकन, बिनिता गुरुङले मेकअप र लाइनअप स्टुडियोजले पोस्ट–प्रोडक्सनको काम गरेका छन्। भिडियोको नृत्य निर्देशन जलन गुरुङले गरेका हुन्।
शिव गुरुङ र दिलमाया गुरुङ निर्माता रहेको म्युजिक भिडियोमा १६ जना कोरस नृत्य कलाकारको सहभागिता रहेको छ। गीत तथा भिडियो निर्माणमा स्थानीय कलाकार र सिर्जनात्मक टोलीको सहकार्य रहेको छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, लुम्रे गाउँलाई केन्द्रमा राखेर तयार पारिएको यस सांगीतिक प्रस्तुतिले गाउँको प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, भाषा र मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शक माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। गीत निर्माणमा नव निश्चल युवा क्लब र मिर्मिरे आमा समूहले समेत सहयोग गरेका छन्।
स्थानीय कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्य बोकेको ‘लुम्रे गाउँ’ म्युजिक भिडियोले नेपाली मौलिक संगीतप्रेमी तथा गुरुङ समुदायका दर्शक माझ छुट्टै पहिचान स्थापित गर्ने विश्वास गरिएको छ।
पाँच वर्षको कोरिया बसाई पछि, हजारौँ सम्झना सहित स्वदेश फर्किँदै टाइसन राजु
जीवन सधैँ आफूले सोचेझैँ सहज हुँदैन। कहिलेकाहीँ आफ्ना रहरहरूलाई थाती राखेर अरूको खुसीका लागि बाँच्नुपर्छ । मनभित्र हजारौँ पीडा लुकाएर पनि ओठमा
कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ ।
दक्षिण कोरियामा कबड्डी ५ को सुवन शो नोभेम्बर १ तारिक हुने
दक्षिण कोरियामा नेपाली चलचित्रप्रेमीहरुका लागि बहुप्रतिक्षित नेपाली कथानक चलचित्र "कबड्डी ५ : अफ्टर दि फाइनल म्याच" को विशेष प्रदर्शन हुने भएको छ





प्रतिकृया दिनुहोस