३ हजारबाट शुरु गरेको व्यवसाय अहिले ३ करोड पुग्यो-मुद्रण व्यवसायी श्रेष्ठ

५ साउन, पोखरा ।
प्रतिक अफसेट प्रेस महेन्द्रपुलका संचालक पदमलाल श्रेष्ठले आज भन्दा २२ वर्ष अगाडी तीन हजार रुपैंयामा संचालन गरेको व्यवसायको पुजीं अहिले ३ करोड पुगेको बताउनुभयो । श्रेष्ठले गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङसंगको रेडियो अन्तर्वातामा विगतका क्षण स्मरण गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँ यो सफलता प्राप्त गर्नुको श्रेय ग्राहक वर्गलाई दिनुहुन्छ । यस्तै प्रतिक अफसेट प्रेस यो अवस्थामा आईपुग्नुमा उद्योगमा कार्यरत कर्मचारी, घरपरिवार, आफन्तको साथ र सहयोग महत्वपूर्ण रहेको उहाँको भनाई छ । श्रेष्ठ कर्मचारी विना सफलता प्राप्त गर्न नसक्ने भएकाले पहिलो प्राथमिकता कर्मचारीको चुलो बाल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

यस्तै कर्मचारी प्रतिको माया, विश्वास र उत्तदायित्व वोधले नै प्रतिक अफसेट प्रेसले सवैको विश्वास प्राप्त गरेको हो । जीवनमा सफलता प्राप्त गर्न इच्छाशक्ति र दुरदर्शिता हुन जरुरी रहेको श्रेष्ठ बताउनुहुन्छ ।


उहाँ हाल मुद्रण उद्योग संघका निवर्तमान अध्यक्ष, लायन्स क्लव अफ पोखरा डल्फिनका अध्यक्षमा रहि सामाजिक योगदान र उत्तरदायित्व वहन गर्दै आफ्नो कर्मलाई अगाडी बढाई रहनुभएको छ ।


श्रेष्ठ अहिले पनि बेला बेलामा पहिलेको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा आफ्ना आँखाबाट खुशीका आँशु रसाउने बताउनुहुन्छ ।  

प्रतिकृया दिनुहोस

पाँचौं स्याङ्जा कपको भलिबल प्रतियोगिताको उपाधी सुदुरपश्चिमको पोल्टामा, उपविजेता बागलुङ समाज

स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिताको उपाधी सुदुरपश्चिम समाज दक्षिण कोरियाले चुमेको छ । सुवन

गुरुले शिष्यलाई दिने ज्ञान झरनाले पानी दिएजस्तै

नेपाल पर्यटन बोर्डले शिवकृपानन्द स्वामीलाई ‘भिजिट नेपाल २०२०’ को लागि सद्भावना दूत घोषणा गरेको छ । नेपालमा आएर अध्यात्मिक ज्ञान हासिल गरेका

कांग्रेस कमजोर भएपछि बीपीलाई सम्झने गरेका छौं

नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहरका रुपमा लिइने नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको आज ३७ औं स्मृति दिवस हो ।  उनको