पाँचौं स्याङ्जा कपको भलिबल प्रतियोगिताको उपाधी सुदुरपश्चिमको पोल्टामा, उपविजेता बागलुङ समाज

कोरियाको ३० वर्षे इतिहासमै सर्वाधिक उच्च ३६ टीम सहभागी

स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिताको उपाधी सुदुरपश्चिम समाज दक्षिण कोरियाले चुमेको छ । सुवन सहरको आजु युनिभर्सिटीको खेलमैदानमा गत आईतबार भएको उक्त प्रतियोगिताको फाईनलमा बागलुङ समाज विरुद्ध १ को विरुद्ध २ सेटको अग्रता लिएको सुदुरपश्चिम समाज नगद २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित विजेता बनेको हो । 

सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल बागलुङ समाजले १२ लाख कोरियन वोन सहित पुरस्कृत भए । दुई टिमहरु पाथीभरा भलिबल क्लब ताप्लेजुङ र विश्वकर्मा समाज दक्षिण कोरियाले तृतीय पुरस्कारको रुपमा भागीदार बने । सान्त्वना पुरस्कार हासिल गर्न सफल क्वाटर फाइनलिस्ट चार टिमहरू नेपाली परोपकार समाज थेगु, गुल्मी सम्पर्क समिति, सिन्धुपाल्चोक समाज र मोना कोरिया रहेका थिए ।

स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै आयोजित सो प्रतियोगितामा नेपाली समुदायवीच हुने कोरियाको ३० वर्षे इतिहासमै सर्वाधिक उच्च ३६ टीम प्रतियोगितामा सहभागी थिए । संस्थाका केन्द्रीय अध्यक्ष सुशिल गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको पाँचौं भलिबल प्रतियोगिताको औपचारिक कार्यक्रम संस्थाका केन्द्रीय सचिव टोजिन्द्र गुरुङले सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष माधव अर्यालको स्वागत मन्तव्यसँगै सुरुवात गरिएको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथि संस्थाका केन्द्रीय संरक्षक प्रमुख कुमार थापाले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । 

विशिष्ट अतिथिहरुमा नेपाली सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष हर्क विष्ट, गण्डकी प्रदेश समाजका अध्यक्ष नर कुमार गुरुङ, विशेष अतिथिहरुमा नेपाल भलिबल संघ द.कोरियाका अध्यक्ष चन्द्र राना, एनआरएनए दक्षिण कोरियाको निवर्तमान अध्यक्ष बुद्धि गुरुङ, जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जिवन खतिवडा, लगायतका राजनितिक भातृ संगठनहरुका प्रतिनिधिहरू, बागलुङ समाजका अध्यक्ष राजु नेपाली, तनहुँ समाजका अध्यक्ष खेम थापा मगर, मोना म्याग्दीका अध्यक्ष दुर्गा भण्डारी, नवलपुर समाजका अध्यक्ष हरि कँडेल, पर्वत समाजका अध्यक्ष दिपक केसी, नेपाल गोरखा परिवारका अध्यक्ष दिपक श्रेष्ठ, गण्डकी प्रदेश समाजका संस्थापक तथा संरक्षक परिषद् सदस्य सुनेश केसी, भेटघाट रेष्टुरेन्टका संचालक नारायण पौडेल, कास्की परिवारका संरक्षक खोम प्रसाद गुरुङ, लुम्बिनी प्रदेश समाजका अध्यक्ष हिमाल खनाल, सुदूरपश्चिम समाजका प्रतिनिधि, स्याङ्जा परिवार दक्षिण कोरियाका संरक्षक परिषद् सदस्य तथा पूर्वाध्यक्ष युवराज गुरुङ, बरिष्ठ सल्लाहकार लेसन गुरुङ, पूर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार विजय थापा, निवर्तमान अध्यक्ष भक्त थापा, सल्लाहकार डा. टिकाराम अर्याल, डा. ज्ञानराज कोइराला, किसान गुरुङ, कार्यक्रम संयोजक अमित राना, लमजुङ परिवार दक्षिण कोरियाका प्रतिनिधि, कास्की परिवार दक्षिण कोरियाका प्रतिनिधि, मनाङ परिवारका प्रतिनिधि, तमू धीं दक्षिण कोरियाका महासचिव वाइबी गुरुङ, नेपाल मगर संघ दक्षिण कोरियाको अध्यक्ष अन्जन थापा मगर, एनआरएनए दक्षिण कोरियाको यूवा संयोजक विकास बोहोरा, लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष खिम छन्त्याल, रुपन्देही समाजका अध्यक्ष दिनेश पराजुली, स्याङ्जा परिवार किम्हे बुसान शाखाका प्रतिनिधि, स्याङ्जा परिवार थेगु शाखाका प्रतिनिधि तथा सञ्चार विभाग प्रमुख अनिल लामिछाने, स्याङ्जा भिरकोट आठथर तमू समाजका अध्यक्ष मनोज गुरुङ, कालीगण्डकी समाजका प्रतिनिधि, चापाकोट समाजका प्रतिनिधि लगायत विभिन्न जातीय, धार्मिक, क्षेत्रीय संघ संस्थाहरूका प्रतिनिधिहरू, स्याङ्जा परिवारका विभिन्न विभागीय प्रमुख तथा उपप्रमुख, क्षेत्रीय इन्चार्जहरु लगायतको बाक्लो उपस्थिति थियो ।

पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगितामा प्रमुख प्रायोजकको रूपमा प्रथम पुरस्कार प्रायोजन भेटघाट रेस्टुरेन्ट सुवनका सञ्चालक तथा पूर्व भलिबल खेलाडी नारायण पौडेलले गरेका थिए । अन्य प्रायोजक तथा होटल रेष्टुरेन्ट पार्टनरहरूमा सम्झना रेस्टुरेन्ट दोङदेमुन, नेपाल रोयल रेस्टुरेन्ट दोङदेमुन, दर्शन नमस्ते रेस्टुरेन्ट दोङदेमुन रहेका थिए भने ट्राभल पार्टनरहरूमा CT Himalaya Trip Travels Pvt LTD, Horizon tour and travels Pvt LTD रहेका थिए । Remittance partner को रुपमा KME FOREX रहेका थियो भने इन्टरनेट तथा मोबाइल पार्टनरमा कनेक्ट Mobile shop किम्हे बुसान, स्पोर्ट पार्टनरमा AKS Sport's Collection रहेका थिए । साथै रेफ्रिको भूमिकामा राष्ट्रिय रेफ्रिहरुमा श्रवण श्रेष्ठ (पर्वत), जिवन दर्लामी मगर (गुल्मी), विक्रम घर्ती मगर (गुल्मी), सोम भलञ्जा (म्याग्दी), गणेश बोगटी (म्याग्दी), झपेन्द्र के.सी (बागलुङ), अमित राना (स्याङ्जा), मिलन आले (स्याङ्जा) र चेतम्बर थापा (स्याङ्जा) रहेका थिए । मिडिया पार्टनरहरूमा korea news Nepal, न्युज केन्द्रबिन्दु, रेडियो गोर्खाली १०६ मेगाहर्ज, कोरिया अपडेट, विशाल आवाज आदि रहेका थिए ।

कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन अहोरात्र खटिनुहुने आयोजक तथा सह-आयोजक, विभिन्न माध्यमहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतिक रुपमा साथ, सहयोग, सहकार्य-समन्वय गरिदिनुहुने सम्पूर्ण महानुभावहरुलाई  आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक आभार प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस

३ हजारबाट शुरु गरेको व्यवसाय अहिले ३ करोड पुग्यो-मुद्रण व्यवसायी श्रेष्ठ

५ साउन, पोखरा । प्रतिक अफसेट प्रेस महेन्द्रपुलका संचालक पदमलाल श्रेष्ठले आज भन्दा २२ वर्ष अगाडी तीन हजार रुपैंयामा संचालन गरेको व्यवसायको पुजीं

गुरुले शिष्यलाई दिने ज्ञान झरनाले पानी दिएजस्तै

नेपाल पर्यटन बोर्डले शिवकृपानन्द स्वामीलाई ‘भिजिट नेपाल २०२०’ को लागि सद्भावना दूत घोषणा गरेको छ । नेपालमा आएर अध्यात्मिक ज्ञान हासिल गरेका

कांग्रेस कमजोर भएपछि बीपीलाई सम्झने गरेका छौं

नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहरका रुपमा लिइने नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको आज ३७ औं स्मृति दिवस हो ।  उनको