देशमै रोजगारी, चाडै समृद्धिः विश्वप्रकाश
पोखरा
कास्की २ (१)मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् । पोखरा १७ को बाराही टोलमा गठबन्धनको सम्पर्क कार्यालयमा भएको कार्यक्रमा लामिछानेले गठबन्धनको जित भएपछि रोजगारीमा नयाँ नयाँ सम्भावना खोजिने उल्लेख गरे ।
निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर अहिलेका मुख्य एजेन्डा भएको उनको भनाइ छ । माओवादीको सरकारले नै गरिब र सुकुम्बासीको समस्या हल गरेको तर्क गर्दै उनले भूमिहीन र अव्यवस्थित बासोबासीका समस्या पनि आफूहरुले नै समाधान गर्ने आश्वासन दिए । ‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन,’ लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’
कास्की २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ४० वर्षदेखि गरिब दुःखीका लागि अधिकार खोज्न राजनीतिमा आफू क्रियाशील रहेको बताए । उनले १ घर १ रोजगारको योजनाअघि सारिने उल्लेख गरे । कृषिमा आधुनिकरण र व्यवसायीकरण गर्ने योजना उनले सुनाए । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चूडामणि जंगलीले जनताले असल र खराब नेताको मूल्यांकन गर्ने समय आएको जनाए । उनले फेवातालका संरक्षक र राजमार्ग चक्ल्याउने नेतृत्वकर्ता विश्वप्रकाशले निर्वाचन जिते यो क्षेत्रको कायाकल्प हुने दाबी गरे । नेपाली काँग्रेस इकाइ सभापति देवराज आचार्यले गठबन्धनको जितबाट मात्र समृद्धिको सपना साकार हुने सुनाए ।
स्याङ्जाकी छोरी कोरियाको बुसान विश्वविद्यालयकी प्राध्यापक
स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना
प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकहरू बिच छलफल
पोखरा,श्रावण । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा










प्रतिकृया दिनुहोस