हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको विन्दु कुमार थापा
कात्तिक पोखरा ।
कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै उनले प्रदेश सरकारले बनाएको नीतिमा टेकेर विकासका अवधारणाहरुलाई सहज तरिकाले पुरा गर्ने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको उल्लेख गरे ।
‘हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको हो । गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन आवश्यक नीति बनिसकेको छ । जसले अब सरकारलाई अगाडि बढ्न सहजता हुनेछ ।’, उनले भने । थापाले अब पनि आफु निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलब भत्ता बापतको सेवासुविधा नलिने घोषणा गरेका छन् । ‘मैले २०७४ सालको निर्वाचनमा पनि तलब भत्ता नलिने घोषणा गरेको थिए । जसलाई पाँच वर्षे कार्यकाल भरि नै इमानदारिता पूर्वक कार्यान्वयन गरे ।
अब पनि म कुनै तलब भत्ता सुविधा आफ्नो र परिवारको लागि खर्च गर्ने छैन । सबै सामाजिक सेवामा नै खर्च हुनेछ ।’, उनले भने । सुशासन, पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनशिलता आफ्नो प्रमुख नारा रहेको अभिव्यक्ति उनको छ । प्रदेशलाई विकासको बाटो तर्फ अग्रसरता दिलाउने गरी आफ्ना योजनाहरु रहेको भनाई उनको छ । शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशिलता, कृषि, पर्यटन लगायतका क्षेत्रलाई आत्मसाथ गर्दै भुगोल सुहाउँदो विकासमा लाग्ने प्रतिबद्धता उनको छ । आफु सपना बाड्ने उद्देश्य स्वरुप राजनीतिमा नआएको बताएका छन् । प्रदेशको आर्थिक स्तरलाई उकास्ने योजना स्वरुप आफ्ना कदमहरु अगाडि बढेको भनाई उनको छ ।
स्याङ्जाकी छोरी कोरियाको बुसान विश्वविद्यालयकी प्राध्यापक
स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना
प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकहरू बिच छलफल
पोखरा,श्रावण । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा










प्रतिकृया दिनुहोस