छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशनबाट दधिराम भट्टराई नेतृत्वको कार्यसमिति चयन
कोरियाको छन्बोक क्षेत्र स्थितको नेपालीहरुको साझा संस्था छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर २६ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट दधिराम भट्टराई अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको दोश्रो कार्यसमिति गठन भएको हो ।
उक्त अधिवेशनबाट अध्यक्षमा दधिराम भट्टराई, वरिष्ठ उपाध्यक्ष निरज लामा कार्की, उपाध्यक्ष कमल खपाङ्गी, उपाध्यक्ष तेजमान खरु मगर, महिला उपाध्यक्ष टासी घले, सचिव सुदिप राउत, सहसचिव रोनिङ राई, कोषाध्यक्ष सिजन जंग शाही, सहकोषाध्यक्षमा दिनेश पोख्रेल चयन भएका छन् भने सदस्यहरुमा सुनिल थापा, शुभ राज भुजेल, चन्द्रमान श्रेष्ठ, दीपक यसमाली मगर, जितेन्द्र मेन्याङ्वो, थाम रसाईली, सुरेन माझी, अशोक क्षेत्री, राम गोदार क्षेत्री, हरि गिरी, युवराज पाण्डे, सनम पौडेल, बिपिन कन्दङ्वा, सविन तावा लिम्बु र पुष्प बिष्ट गरी दोश्रो कार्यसमितिमा आबद्ध भएका हुन् ।
सोही अधिवेशनको समारोहमा रामहरी सुवेदीलाई चयन गर्दै प्रमुख सल्लाहकार निरज सारु मगर, सल्लाहकारहरुमा अनुप लामा, राजन थापा, पर्वत थाम, विजय राईलाई चयन गरेको छ ।
कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै आईरहेको छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा आयोजकले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्त्री तथा पाठेघर सम्बन्धि बृहत शिविर सम्पन्न
कालीगण्डकी समाज दक्षिण कोरियाले स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका भित्रका कृष्णगण्डकी स्वास्थ्य चौकी, छाप र बिर्घा स्वास्थ्य चौकी, करन्डाँडा
कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्धारा नेपालका दुई बिरामीहरूलाई १ लाख २८ हजार रुपैयाँ सहयोग
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ५ बलाम जैपते करेकवा निवासी राम बहादुर सोमैको श्रीमति बर्ष ४३ कि थनिसरा राना सोमैलाई बाथको बिरामी भई
द ओमेन्स क्लब अफ पोखराले ३५/४० वर्ष माथिका महिलाहरु बीच ओमेन्स स्पोर्ट्स इभेन्ट्स २०८० आयोजना गर्ने !
१० भदौ २०८० पोखरा । The Women`s Club of Pokhara ले स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि भदौ १६ गते पोखरा रंगशालामा "Women`s Sports Events 2080" भन्ने खेलकुद










प्रतिकृया दिनुहोस