स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्त्री तथा पाठेघर सम्बन्धि बृहत शिविर सम्पन्न
कालीगण्डकी समाज दक्षिण कोरियाले स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका भित्रका कृष्णगण्डकी स्वास्थ्य चौकी, छाप र बिर्घा स्वास्थ्य चौकी, करन्डाँडा बिर्घामा २०८१ साल बैशाख ७ र ८ गते स्त्रीरोग तथा पाठेघर सम्बन्धि बृहत शिविर सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्री टिका पाण्डेयको सभाध्यक्षमा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, बिशेष अतिथिहरू पालिका उपाध्यक्ष, वडा अध्यक्ष, अतिथिहरू पालिका स्वास्थ्य प्रमुख, समाजसेवी, नेपालमा रहनुभएका संस्थाका सल्लाहकारहरु, कार्यसमितिहरूको उपस्थितिमा कार्यक्रमको समुद्घघाटन गरिएको थियो । पोखराबाट आउनुभएका वरिष्ठ चिकित्सक सहित ६ जना चिकित्सक टोलीले दिनुभएका सेवामा ३५७ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
गाउँपालिका भित्र शिविरमा वरिष्ठ रेडीयोलोजीस्टद्धारा भिडियो एक्स-रे सहितको सेवा दिइएको उक्तन शिविर पहिलो रहेको हो । छाप र बिर्घामा करिव १० आङ खसेका बिरामीलाई रिङ प्रेसरी राखिदिएको, करिब १५ जनाको पित्त थैली र किड्नीमा स्टोन देखिएको, ३ जना बिरामीको बिशेष समस्या देखिएकोले भर्ना तथा अपरेसनको लागि सिफारिस गरी सम्पूर्ण विरामीहरु लाई बिशेषज्ञ चिकित्सकहरूद्धारा आवश्यक परामर्श तथा चेकजाँच गरी सम्पूर्ण बिरामीको लागि निःशुल्क औषधिको ब्यवस्था गरिएको संस्थाका अध्यक्ष श्री कमल प्रसाद अधिकारीले बताउनुभएको छ ।
कालीगण्डकी गाउँपालिकाबाट दक्षिण कोरिया पुगेका युवाहरूले रकम संकलन गरि सञ्चालन गरिएको उक्त शिविरमा पालिका भित्रका कुनैपनि बृद्ध र असक्त बिरामी आमा, दिदीबहिनीहरू छुट्नुहुँदैन भनेर शिविर अवधिभर निःशुल्क यातायातको पनि ब्यवस्था पनि गरिएको थियो ।
कृष्णगण्डकी समाज हुँदै गाउँपालिका समेट्ने गरि संस्थागत दायरा फराकिलो हुँदै कालीगण्डकी समाज भएको यो संस्थाले स्थापनाकाल देखि नै निरन्तर सामाजिक काममा हात चलाइरहेको छ । कार्यक्रम सफल बनाउनको लागि हर क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार एवं दक्षिण कोरियाबाट आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति आयोजक संस्था कालीगण्डकी समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद प्रकट गरेको छ ।
छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशनबाट दधिराम भट्टराई नेतृत्वको कार्यसमिति चयन
कोरियाको छन्बोक क्षेत्र स्थितको नेपालीहरुको साझा संस्था छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर २६ तारिक आइतबार
कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्धारा नेपालका दुई बिरामीहरूलाई १ लाख २८ हजार रुपैयाँ सहयोग
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ५ बलाम जैपते करेकवा निवासी राम बहादुर सोमैको श्रीमति बर्ष ४३ कि थनिसरा राना सोमैलाई बाथको बिरामी भई
द ओमेन्स क्लब अफ पोखराले ३५/४० वर्ष माथिका महिलाहरु बीच ओमेन्स स्पोर्ट्स इभेन्ट्स २०८० आयोजना गर्ने !
१० भदौ २०८० पोखरा । The Women`s Club of Pokhara ले स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि भदौ १६ गते पोखरा रंगशालामा "Women`s Sports Events 2080" भन्ने खेलकुद










प्रतिकृया दिनुहोस