तमु धीं कोरियाद्धारा तमु सञ्चारकर्मी संघको महाधिवेशनलाई रु.२० हजार सहयोग

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको छैटौँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै तमु धीं दक्षिण कोरियाले रु. २० हजार आर्थिक सहयोग गरेको छ ।

कास्कीको पर्यटकीय गाउँ सिकलेसमा आगामी असोज २, ३ र ४ गते आयोजना हुन लागेको तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको छैटौँ महाधिवेशन सफल, सभ्य र भव्य रूपमा सम्पन्न होस् भन्ने शुभकामनासहित तमु धीं कोरियाले उक्त सहयोग गरेको जानकारी तमु धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

तमु धीं दक्षिण कोरियाले प्रवासमा रहेर पनि नेपाली तथा विशेषगरी तमु समुदायको भाषा, संस्कृति, पहिचान र सामाजिक एकताका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ। सञ्चार क्षेत्रमार्फत तमु समुदायका भाषा, संस्कृति, कला, परम्परा तथा सामाजिक गतिविधिलाई प्रवर्द्धन र संरक्षण गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भन्दै संघको महाधिवेशनलाई सहयोग गरिएको तमु धीं दक्षिण कोरियाका केन्द्रीय महासचिव सुनिल गुरुङले बताए । 

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको छैटौँ महाधिवेशनले देश तथा विदेशमा क्रियाशील तमु सञ्चारकर्मीबीचको एकता, सहकार्य र सम्बन्धलाई थप सुदृढ गर्दै गुरुङ समुदायका विषयवस्तुलाई सञ्चार माध्यम मार्फत प्रभावकारी रूपमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिए

को छ ।

प्रतिकृया दिनुहोस

गुरुङ संस्कृति र गाउँको सुन्दरता समेटिएको ‘लुम्रे गाउँ’ गीत सार्वजनिक

कास्की । गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान र गाउँको प्राकृतिक सुन्दरतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको

पाँच वर्षको कोरिया बसाई पछि, हजारौँ सम्झना सहित स्वदेश फर्किँदै टाइसन राजु

जीवन सधैँ आफूले सोचेझैँ सहज हुँदैन। कहिलेकाहीँ आफ्ना रहरहरूलाई थाती राखेर अरूको खुसीका लागि बाँच्नुपर्छ । मनभित्र हजारौँ पीडा लुकाएर पनि ओठमा

कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ ।

↑