राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा टीका–जमरा ग्रहण तथा शुभकामना आदानप्रदान गरिने समाजका अध्यक्ष किसन वलीले जानकारी गराए ।

नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई थप मजबुत बनाउँदै परदेशमा पनि घरदेशको झल्को दिने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको र नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै प्रवासमा रहेका नेपालीहरूलाई एउटै थलोमा भेला गराउने कार्यक्रमले सामाजिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको समाजका महासचिव अर्जुन केसीले बताए ।

अक्टोबर २४ शनिबार साँझ ६ बजेदेखि शुरु हुने दक्षिण कोरियाको सुवनस्थित Woori Himalayan Restaurant Hall मा कार्यक्रम सञ्चालन हुने जानकारी समाजका पूर्वाध्यक्ष अमृत केसीले स्पष्ट पारे । समाजले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण राप्तीवासी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई दशैंको खुसी साटासाट गर्न हार्दिक निमन्त्रणा गरेको छ ।

समाजले बडादशैंको पावन अवसरमा सम्पूर्ण राप्तीवासी तथा नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबैको साथ, सहयोग र उपस्थितिको अपेक्षा गरेको छ ।

कार्यक्रम विवरण

मिति: २४ अक्टोबर २०२६, शनिबार

समय: साँझ ६ बजे देखि 

स्थान: Woori Himalayan Restaurant Hall, तेस्रो तला

ठेगाना: 경기도 수원시 팔달구 매산로 1길 16-10 (सुवन स्टेसन,

गेट नं. ११)

 

 

 

प्रतिकृया दिनुहोस

गुरुङ संस्कृति र गाउँको सुन्दरता समेटिएको ‘लुम्रे गाउँ’ गीत सार्वजनिक

कास्की । गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान र गाउँको प्राकृतिक सुन्दरतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको

पाँच वर्षको कोरिया बसाई पछि, हजारौँ सम्झना सहित स्वदेश फर्किँदै टाइसन राजु

जीवन सधैँ आफूले सोचेझैँ सहज हुँदैन। कहिलेकाहीँ आफ्ना रहरहरूलाई थाती राखेर अरूको खुसीका लागि बाँच्नुपर्छ । मनभित्र हजारौँ पीडा लुकाएर पनि ओठमा

कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ ।

↑