दक्षिण कोरियामा कबड्डी ५ को सुवन शो नोभेम्बर १ तारिक हुने

दक्षिण कोरियामा नेपाली चलचित्रप्रेमीहरुका लागि बहुप्रतिक्षित नेपाली कथानक चलचित्र "कबड्डी ५ : अफ्टर दि फाइनल म्याच" को विशेष प्रदर्शन हुने भएको छ । आगामी नोभेम्बर १ आइतबार सुवनस्थित AK Plaza Megabox मा दिउँसो १ बजे चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । प्रदर्शनका लागि टिकट बुकिङ समेत खुला गरिएको छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन्। नेपाली चलचित्र क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘कबड्डी’ शृङ्खलाको पाँचौँ भाग भएकाले यस चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।

प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र ग्रामीण नेपाली जीवनशैलीलाई हास्यरस तथा मौलिक संवादमार्फत प्रस्तुत गर्दै आएको कबड्डी शृङ्खलाले नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाएको छ। यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी ३’ र ‘कबड्डी ४’ को लोकप्रियताले पनि पाँचौँ भागप्रति दर्शकको उत्सुकता बढाएको छ ।

सुवनमा हुन लागेको यस विशेष प्रदर्शनमा जेबी बैंककी उर्मिला गुरुङ तथा जात्रा रेस्टुरेन्टको सहकार्य र सौजन्य रहेको छ। दक्षिण कोरियामा नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै व्यस्त प्रवासी जीवनबीच नेपाली चलचित्रमार्फत मनोरञ्जन, भेटघाट र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको हो ।

आयोजकका अनुसार चलचित्रको टिकट मूल्य ३० हजार वन निर्धारण गरिएको छ । टिकट बुकिङ तथा थप जानकारीका लागि सार्वजनिक सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ ।

टिकट बुकिङ तथा सम्पर्क

उर्मिला गुरुङ: 010-2058-2032

सानु लामा: 010-8272-2243

लक्ष्मी लामा: 010-2331-1165

हरि तामाङ: 010-2172-9312

राम लामा: 010-9862-9105

दक्षिण कोरियामा नेपाली चलचित्रको प्रदर्शनले प्रवासमा रहेका नेपालीलाई आफ्नै भाषा, संस्कृति र समाजसँग जोड्न थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

पाँच वर्षको कोरिया बसाई पछि, हजारौँ सम्झना सहित स्वदेश फर्किँदै टाइसन राजु

जीवन सधैँ आफूले सोचेझैँ सहज हुँदैन। कहिलेकाहीँ आफ्ना रहरहरूलाई थाती राखेर अरूको खुसीका लागि बाँच्नुपर्छ । मनभित्र हजारौँ पीडा लुकाएर पनि ओठमा

कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ ।

कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त

↑