कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन आउँदो नोभेम्बर १ तारिक आइतबारका दिन दक्षिण कोरियाको थेगुमा आयोजना गरिने तमु धीं थेगु शाखाका अध्यक्ष मदन गुरुङले जानकारी दिए । 

संस्थाको राहतकोष सहयोगार्थ उद्धेश्यका साथ तमु धीं थेगु शाखा दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा चलचित्र प्रदर्शनसँगै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । चलचित्रका निर्माता मिन कोन्मे गुरुङ (बेलायत), भोजबहादुर गुरुङ (बेलायत), माया गुरुङ (हङकङ) र सपना गुरुङ रहेका छन् भने माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको ‘पेन्सन पट्टा’ नेपाली समाज, जीवनशैली र मानवीय संवेदनासँग जोडिएको चलचित्रका रूपमा दर्शकमाझ प्रस्तुत हुँदैछ । चलचित्रको कोरिया वितरणको जिम्मेवारी हेलो कोरिया इन्टरटेनमेन्टले लिएको छ । 

कार्यक्रम थेगुस्थित केम्यङ विश्वविद्यालयको 대구 광역시 달서구 벌대로 1095, 계명대학교 바우어관 1229호 मा दिउँसो १ बजेबाट सुरु हुनेछ भने चलचित्र हेर्नका लागि प्रवेश टिकट शुल्क २५ हजार कोरियन वोन तोकिएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र चलचित्रप्रतिको मोहलाई जीवन्त राख्दै आएका नेपाली समुदायका लागि यो कार्यक्रम मनोरञ्जनसँगै सांस्कृतिक भेटघाटको अवसर बन्ने विश्वास गरिएको छ । आयोजकले थेगु तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ ।

नेपाली चलचित्रको प्रवर्द्धन, समुदायबीचको एकता र सामाजिक सहयोगको भावनालाई जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको "पेन्सन पट्टा" प्रदर्शनले दक्षिण कोरियामा नेपाली चलचित्रप्रतिको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा सहित सम्पन्न

३ कार्तिक, पोखरा । तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा तथा धार्मिक विधिहरूका साथ श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ। २०८३ कार्तिक ३

तमु धिं नेपालमा २२ केन्द्रीय सदस्य मनोनयन

हुम तमु पोखरा, ३० असोज तमु धिं नेपालको केन्द्रीय सदस्यमा २२ जना केन्द्रीय सदस्यहरु मनोनित हुनुभएको छ। केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा हरिमाया

दक्षिण कोरियामा कबड्डी ५ को सुवन शो नोभेम्बर १ तारिक हुने

दक्षिण कोरियामा नेपाली चलचित्रप्रेमीहरुका लागि बहुप्रतिक्षित नेपाली कथानक चलचित्र "कबड्डी ५ : अफ्टर दि फाइनल म्याच" को विशेष प्रदर्शन हुने भएको छ

↑