तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा सहित सम्पन्न
३ कार्तिक, पोखरा । तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा तथा धार्मिक विधिहरूका साथ श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ। २०८३ कार्तिक ३ गते पोखरा- ११ स्थित संघको केन्द्रीय कार्यालय फलिना क्होइबोमा स्थापना दिवस मनाइएको हो। स्थापना दिवसका अवसरमा स्याङ्जाको सिम्ले देउराली स्थायी घर भई हाल पोखरा बसोबास गर्दै आउनुभएका पच्यु गुरु पोलाल क्रोम्छें तमुको समूहद्वारा छ्योप त्हें, कास्कीको सिक्लेस स्थायी घर भई हाल पोखरा–रिठेपानी बसोबास गर्दै आउनुभएका क्ल्हेप्री गुरु गोपाल टुक्ल्हेप्री तमुद्वारा थासो त्हें तथा कास्कीको याङ्जाकोट स्थायी घर भई हाल पोखरा बसोबास गर्दै आउनुभएका बोनलम गुरु गंगाबहादुर पैंगीलम तमुद्वारा छैंखु ह्योंखु त्हें विधिपूर्वक सम्पन्न गरिएको थियो।

धार्मिक विधिअनुसार गरिएको पूजाआजा मार्फत संघको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुका साथै तमु समुदायको मौलिक धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र संवर्द्धनको प्रार्थना गरिएको थियो। ३५ वर्षको सफल यात्रा पूरा गर्दै ३६औँ वर्षमा प्रवेश गरेको तमु प्ये ल्हु संघले पुर्खाहरूबाट प्राप्त मौलिक धार्मिक, सांस्कृतिक तथा सामाजिक धरोहरको संरक्षण गर्दै तमु समुदायको पहिचान, एकता र अस्तित्वलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यस ऐतिहासिक अवसरमा संघको स्थापना, विकास र उन्नयनमा योगदान पुर्याउनुहुने सम्पूर्ण अग्रज, संस्थापक, धर्मगुरु, अभियन्ता तथा तमु प्ये ल्हु संघ परिवार प्रति संघका केन्द्रीय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुले हार्दिक सम्मान तथा कृतज्ञता व्यक गर्नु भएको थियो । संघका केन्द्रीय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष एक्कजङ्ग ल्हेगे तमुले र संचालन निवर्तमान महासचिव हर्क बहादुर योज तमुले गर्नु भएको थियो ।

तमु धिं नेपालमा २२ केन्द्रीय सदस्य मनोनयन
हुम तमु पोखरा, ३० असोज तमु धिं नेपालको केन्द्रीय सदस्यमा २२ जना केन्द्रीय सदस्यहरु मनोनित हुनुभएको छ। केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा हरिमाया
कोरियाको थेगुमा चलचित्र पेन्सन पट्टा नोभेम्बर १ मा प्रदर्शन हुने
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र "पेन्सन पट्टा" प्रदर्शन हुने भएको छ ।
दक्षिण कोरियामा कबड्डी ५ को सुवन शो नोभेम्बर १ तारिक हुने
दक्षिण कोरियामा नेपाली चलचित्रप्रेमीहरुका लागि बहुप्रतिक्षित नेपाली कथानक चलचित्र "कबड्डी ५ : अफ्टर दि फाइनल म्याच" को विशेष प्रदर्शन हुने भएको छ



प्रतिकृया दिनुहोस