स्याङ्जा भिरकोट आठथर तमु समाज द. कोरियाद्धारा क्यान्सर बिरामीलाई करिब डेढ लाख रुपैयाँ सहयोग
स्याङ्जा जिल्लाको वालिङ-४, खाल्टे निवासी बिरामी एक बहादुर गुरुङलाई कोरियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि गुरुङ मुखको क्यान्सर रोगले ग्रसित भएको र निजको आर्थिक अवस्था कमजोर रहेकोले स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको पहलमा सङ्कलित रकम १४ लाख ५ हजार २ सय २४ कोरियन वोन अर्थात १ लाख ४२ हजार रुपैयाँ गत बुधबार बिरामीलाई हस्तान्तरण गरिएको हो ।
समाजको वर्तमान उपाध्यक्ष मनोज गुरुङ, कोषाध्यक्ष आच्यो गुरुङ, सदस्यद्धय दिल गुरुङ र कृष्ण गुरुङ साथै खाल्टे गाउँटोलका समाजसेवी व्यक्तित्वहरु क्या. डिल बिक्रम गुरुङ, गुमानसिं गुरुङ, प्रेम गुरुङ लगायतको उपस्थितिमा बिरामी सहित परिवारलाई सो रकम हस्तान्तरण गरिएको थियो । वडा नम्बर ४ को आर्थिक सहयोग अपिल र सिफारिस पत्र सार्वजनिक भएको सन्दर्भ बमोजिम समाजले संस्थागत छलफल गर्दै आन्तरिक रुपमा सहयोग सङ्कलन गरेको थियो ।
"आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा" भन्ने मूल नारालाई अनुशरण गर्दै विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसर रहँदै सन् २०१५ मा कोरियामा स्थापित आठथर क्षेत्रको तमू (गुरुङ)हरुको साझा संस्था स्याङ्जा भिरकोट आठथर तमू समाजले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सहयोगी विवरण :
१) बिजय गुरङ्ग १००००० वोन
२) YB गुरुङ्ग १००००० वोन
३) मोना गुरुङ्ग २३००० वोन
४) बिपना गुरुङ २५००० वोन
५) डेजि गुरुङ्ग ३०००० वोन
६) जगदिश गुरुङ्ग ५०००० वोन
७) सलिना गुरुङ्ग ३०००० वोन
८) दिल गुरुङ्ग २०००० वोन
९) TB गुरुङ्ग ३०००० वोन
१०) अमन गुरुङ्ग ५०००१ वोन
११) सुशील गुरुङ ५०००१ वोन
१२) नौराज गुरुङ २२२२२ वोन
१३) जिना गुरुङ्ग ३०००० वोन
१४) कुमार गुरुङ ५१००० वोन
१५) दिलिप गुरुङ २५००० वोन
१६) खुशी गुरुङ्ग २०००० वोन
१७) होम गुरुङ २०००० वोन
१८) माया गुरुङ्ग ३१००० वोन
१९) तोरन गुरुङ ३०००० वोन (माझाकोट)
२०) सनमाया गुरुङ ५१००० वोन
२१) दुर्गा गुरुङ ३०००० वोन
२२) नुतन गुरुङ २५००० वोन
२३) सेकेन्द्र गुरुङ ३०००० वोन
२४) भुवन गुरुङ ३०००० वोन
२५) लेशन गुरुङ ५०००० वोन
२६) बलराम गुरुङ ३०००० वोन
२७) टक गुरुङ ३०००० वोन
२८) कोश गुरुङ ३०००० वोन
२९) तुल गुरुङ ३१००० वोन
३०) कमन गुरुङ २०००० वोन
३१) बसन्त गुरुङ ३०००० वोन
३२) मनोज गुरुङ २५००० वोन
३३) बुद्ध गुरुङ ३०००० वोन
३४) राम गुरुङ ३०००० वोन
३५) रोशन गुरुङ ३०००० वोन
३६) पिम गुरुङ ३०००० वोन
३७) देवेन्द्र गुरुङ ५०००० वोन
३८) दिव्या गुरुङ २५००० वोन
३९) प्रेम गुरुङ ३०००० वोन
४०) पुरन गुरुङ ३१००० वोन
जम्मा =१४,०५,२२४ (चौध लाख, पाँच हजार, दुई सय चौबिस कोरियन वोन)
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्त्री तथा पाठेघर सम्बन्धि बृहत शिविर सम्पन्न
कालीगण्डकी समाज दक्षिण कोरियाले स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका भित्रका कृष्णगण्डकी स्वास्थ्य चौकी, छाप र बिर्घा स्वास्थ्य चौकी, करन्डाँडा
छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशनबाट दधिराम भट्टराई नेतृत्वको कार्यसमिति चयन
कोरियाको छन्बोक क्षेत्र स्थितको नेपालीहरुको साझा संस्था छङ्ऊप नेपाली एकता दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर २६ तारिक आइतबार
कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्धारा नेपालका दुई बिरामीहरूलाई १ लाख २८ हजार रुपैयाँ सहयोग
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ५ बलाम जैपते करेकवा निवासी राम बहादुर सोमैको श्रीमति बर्ष ४३ कि थनिसरा राना सोमैलाई बाथको बिरामी भई










प्रतिकृया दिनुहोस