स्याङ्जा बुसान सांगीतिक धमाका २०२४ मा करिब पौने तीन करोड कोरियन वोन वचत

कूल आम्दानी ५ करोड ३० लाख २२ हजार ४ सय १७ कोरियन वोन र खर्च २ करोड ६८ लाख ८४ हजार ८ सय ६० वोन घटाएर २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन (उठ्न बाँकी १२ लाख ७ हजार कोरियन वोन सहित)

कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसर पारेर आयोजना गरिएको “स्याङ्जा बुसान सांगीतिक धमाका” को आयव्यय विवरण सार्वजनिक गरिएको छ । जून २३ आइतबार बसेको आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा सम्बद्ध कार्यसमिति, सल्लाहकारहरु, विभिन्न विभागीय प्रमुखहरुको भेलाद्धारा कार्यक्रमको समीक्षा बैठक सहित संस्थाले करिब पौने तीन करोड वोन अर्थात् २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो ।

"परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा सभ्य र भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ५ करोड ३० लाख २२ हजार ४ सय १७ कोरियन वोन र खर्च २ करोड ६८ लाख ८४ हजार ८ सय ६० वोन घटाएर २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन (उठ्न बाँकी १२ लाख ७ हजार कोरियन वोन सहित) वचत भएको हो ।

कार्यक्रमको उद्धेश्य अनुरुप संस्थाको आन्तरिक गृहकार्य भइरहेको र यसलाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने आयोजक संस्थाका अध्यक्ष आशिष रानाभाटले बताएका छन् । “स्याङ्जा बुसान सांगीतिक धमाका” कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण संघ-संस्था, सहयोगीदातालाई आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

तमु धीं दक्षिण कोरियाको वार्षिक साधारण सभा यही सेप्टेम्बर २४ मा हुने

कोरिया स्थित अति सक्रिय जातीय संस्था तमु धींले यही सेप्टेम्बर २४ तारिक छुसकको विदा पारेर वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको तेह्रौं

भोटेकोशी बाढी प्रभावितका लागि बुद्ध समाज मालेपाटनद्वारा ८१ हजार सहयोग

पोखरा । बुद्ध समाज मालेपाटन–५, पोखराले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत

गोर्खाली रेडियोको अध्यक्षमा क्या. हितमान गुरुङ सर्वसम्मत चयन

पोखरा । गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्जको १६औँ साधारण सभा तथा छैटौँ अधिवेशनले क्या. हितमान