भँडौराका ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ भँडौरास्थित श्री किसान जागरुक सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउने उद्धेश्यले स्कुल नै भविष्यको आधार हो भन्ने मुल नाराकासाथ पूर्वघोषित कार्यक्रमनुसार लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा तामाङ समाज बार्सिलोना स्पेनका अध्यक्ष अजय लोप्चन तामाङको व्यक्तिगत आर्थिक सहयोगमा शैक्षिक सामग्री,ज्यामितिबक्स तथा कार्यरत ८ जना शिक्षक कर्मचारीहरुलाई सल,गलबन्दी वितरण समारोह सम्पन्न भएको छ ।
विद्यालयकी शिक्षक सम्झना रुम्बा तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टासी डोल्मा मोक्तानको सभाध्यक्षतामा वडाध्यक्ष एवं प्रमुख अतिथि लक्ष्मी जिम्बा तामाङ,श्री प्रभात माविका प्र.अ.धनबहादुर लामा,श्री किसान जारुक सिद्धार्थ आविका प्र.अ.विदुर खतिवडा,शिक्षक अभिभावक संघका अध्यक्ष उपेन्द्र अर्याल,विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना वाईबा तामाङले विद्यार्थीहरुलाईकपि,पेन्सिल,इरेजर,कटर,स्केल,ज्यामितिबक्स र लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले कार्यरत शिक्षक,कर्मचारीहरुलाई सल,गलबन्दी वितरण गरेको जनाएकी छिन् ।
समारोहमा अभिभावक,शिक्षक,कर्मचारीहरु र विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो ।
पोखरामा `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा तमु प्ये ल्हु संघको संयुक्त बैठक, विभिन्न उपसमितिहरु गठन
१६ कार्तिक २०८३, पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आज २०८३ कार्तिक १६ गते `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा बसेको संयुक्त बैठक
सनैयामा हाम्रो नुवाकोट,हामी नुवाकोटे गीतको अडियो तथा भिडियो प्रदर्शन कार्यक्रम सम्पन्न
कतार । नुवाकोट सेवा समाज दोहा,कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको शुभ अवसरमा"सेवा नै धर्म हो"भन्ने मुल नाराकासाथ
छतिवन श्रीपुरका २ सय ७१ जना विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक सामग्री र ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ श्रीपुरस्थित श्री प्रभात माद्यमिक विद्यालयमा अध्ययनरत २ सय ७१ जना विद्यार्थीहरुलाई पूर्वघोषित



प्रतिकृया दिनुहोस