सनैयामा हाम्रो नुवाकोट,हामी नुवाकोटे गीतको अडियो तथा भिडियो प्रदर्शन कार्यक्रम सम्पन्न
कतार । नुवाकोट सेवा समाज दोहा,कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको शुभ अवसरमा"सेवा नै धर्म हो"भन्ने मुल नाराकासाथ शुक्रबार कतारको सेन्चुरी रेष्टुरेण्ट प्लाजा मल सनैयामा नुवाकोटको एन्थम गीत हाम्रो नुवाकोट,हामी नुवाकोटेको अडियो तथा भिडियो प्रदर्शन कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।नुवाकोट सेवा समाज दोहा कतारका महासचिव रामप्रसाद वाग्लेकानुसार समाजका अध्यक्ष बुद्धिमान रुम्बा तामाङको सभाध्यक्षतामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा कतारमा स्थापित विभिन्न संघसंस्थाकाअध्यक्ष,प्रतिनिधिहरु,समाजसेवी,कलाकार,खेलाडी,पत्रकार,समाजका पदाधिकारी,सदस्यहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।
विशेष गरि नुवाकोटको एन्थम गीत हाम्रो नुवाकोट,हामी नुवाकोटे अडियो तथा भिडियोमा गायकहरु सुनिल थापामगर,सिन्द्धान्त परियार,गायिकाहरु मुना खड्का,पवित्रा गुरुङ,संगितकार रामजी थापामगर,शब्द संकलक पुरु लम्साल,स्थानीय कलाकारहरु रामहरि चौलागाई,सुमित्रा भट्टराई,तुलसिं तामाङको प्रस्तुती रहेको समाजका महासचिव वाग्लेले बताउनु भएको छ ।
पोखरामा `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा तमु प्ये ल्हु संघको संयुक्त बैठक, विभिन्न उपसमितिहरु गठन
१६ कार्तिक २०८३, पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आज २०८३ कार्तिक १६ गते `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा बसेको संयुक्त बैठक
छतिवन श्रीपुरका २ सय ७१ जना विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक सामग्री र ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ श्रीपुरस्थित श्री प्रभात माद्यमिक विद्यालयमा अध्ययनरत २ सय ७१ जना विद्यार्थीहरुलाई पूर्वघोषित
भँडौराका ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ भँडौरास्थित श्री किसान जागरुक सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय



प्रतिकृया दिनुहोस