विविध कार्यक्रम सहित बागलुङ समाजले आउँदो जून ७ मा रजत जयन्ती मनाउने
कोरियास्थित क्षेत्रीय संस्था बागलुङ समाजले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही आउँदो जून ७ तारिक फेन्तेक स्थित निरमाया दोहोरी साँझको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो रजत जयन्ती मनाउने भएको समाजका केन्द्रीय अध्यक्ष राजु नेपालीले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन गरी सम्पूर्ण तयारी लगभग पूरा भएको समाजका संरक्षक सदस्य तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक सुवास लामिछानेले जानकारी दिए । "प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाजको आवश्यकता" भन्ने नारासँगै सन् २००१ मा स्थापित समाजले वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, जिल्लाको संक्षिप्त परिचय, भौगोलिक अवस्थिति, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै तयार पारिएको स्मारिकाको विमोचन समेत गरिने स्मारिका प्रकाशन संयाेजक याम श्रीसले बताए ।
साथमा लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको विशेष प्रस्तुति एवं नेपाली पञ्चेबाजा मौलिक नृत्य सहित विशेष कलाकार सूर्य थापाको बेजोड प्रस्तुति रहने सो कार्यक्रममा बाक्लो उपस्थितिको अपेक्षा गरिएको छ साथै कोरियास्थित विभिन्न संघसंस्था, व्यवसायीहरुसँगको सम्बन्ध र समन्वयमा थप आत्मीयताको अपेक्षा सहित संस्थाले शुभकामना तथा विज्ञापन संकलन गर्ने, सहयोगीहरुको नामावली स्मारिका पुस्तकमा प्रकाशन गर्ने समेत तयारी भएको केन्द्रीय महासचिव गीर बहादुर भण्डारीले स्पष्ट पारे ।
गौरवशाली इतिहास बोकेको बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्वहरु, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको लागी संस्थाले हार्दिक अपिल गरेको छ ।
सम्पूर्ण आमाहरु प्रति समर्पित लेख : आमा
विचार/अभिव्यक्ति - बोम्जन गुरुङ, बुवाआमाको मायालाई मापन गर्ने कुनै साधन छैन । संसारमा सबैभन्दा ठूलो भगवान् को हुन् भन्ने प्रश्न उठेमा धेरैले
तिमीलाई भेट्ने मन छ
- प्रकाश सिधाने चैत बैशाखको तातो हावामा तिम्रो सम्झना सितल भएर आउँछ ओठ सुख्दा पनि मन भिज्छ किनकि अझै पनि तिमीलाई भेट्ने मन छ। वर्षौँ बिते, समय टाढियो तर
गौरी गुरुङको सैंप्रोल" लोकार्पण तथा विमर्श
गुरुङ साहित्यिक मञ्च नेपालद्वारा "त" ल्होसारको अवसरमा आयोजित कवि गौरी तमूद्वरा संग्राहित कविता संग्रह "सैंप्रौल" पोखरा महानगरपालिका वडा नं










प्रतिकृया दिनुहोस