सउलमा अनेसास कोरिया च्याप्टरको आठौं अधिवेशन तथा बृहत् साहित्य मेला हुँदै

नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको आठौं अधिवेशन तथा बृहत् साहित्य मेला–२०२६ आगामी सेप्टेम्बर २५ तारिख, शुक्रबार दक्षिण कोरियाको राजधानी सउलमा आयोजना हुने भएको छ ।

दोङदेमुनस्थित शुभेच्छा रेष्टुरेन्टको हलमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली साहित्यकार, स्रष्टा, साहित्यप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा सहित अनेसास कोरिया च्याप्टरको आयोजनामा हुने उक्त साहित्यिक कार्यक्रममा गजलकार रमेश थापा, कवि मातृहाङ नेम्वाङ तथा मुक्तककार आर.पी.सी. संगमले आफ्ना सिर्जना प्रस्तुत गर्नुहुने जानकारी आयोजकसंस्थाका अध्यक्ष लोकराज न्यौपानले जानकारी दिए । 

त्यसैगरी कार्यक्रममा चर्चित गजलकार कमल संघर्षको विशेष प्रस्तुति समेत रहने कार्यक्रममा साहित्यिक सिर्जना वाचनसँगै गजलकार जनक सन्यालको कृति ‘भिरफूल’ तथा गजलकार कमल संघर्षको कृति ‘हियाका कुडा’ को कोरिया लोकार्पणसमेत गरिने आयोजक संस्थाका महासचिव राजेश सुवेदीले बताए । साथै, विभिन्न नेपाली साहित्यकारका पुस्तक तथा कृतिहरू समेत कार्यक्रममा उपलब्ध हुनेछन् ।

कार्यक्रमलाई ‘काव्य–सुधा १८१ औं श्रृंखला’ सँग समेत जोडिएको छ। प्रवासमा नेपाली भाषा र साहित्यको निरन्तरता, सिर्जनशीलता र आपसी साहित्यिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना हुन लागेको यस बृहत् साहित्यिक जमघटले दक्षिण कोरियाको नेपाली साहित्यिक वातावरणलाई थप समृद्ध बनाउने विश्वास गरिएको छ ।

अनेसास कोरिया च्याप्टरले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण साहित्यकार, स्रष्टा, साहित्यप्रेमी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना सिर्जना वाचन गर्न तथा नेपाली साहित्यको यस विशेष उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।

तपसिल: 

मिति: २५ सेप्टेम्बर २०२६, शुक्रबार

समय: बिहान ११:०० बजे

स्थान: शुभेच्छा रेष्टुरेन्टको हल, दोङदेमुन, सउल

आयोजक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टर

कार्यक्रम प्रस्तोता

: राजेश सुवेदी

प्रतिकृया दिनुहोस

विविध कार्यक्रम सहित बागलुङ समाजले आउँदो जून ७ मा रजत जयन्ती मनाउने

कोरियास्थित क्षेत्रीय संस्था बागलुङ समाजले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही आउँदो जून ७ तारिक फेन्तेक

सम्पूर्ण आमाहरु प्रति समर्पित लेख : आमा

विचार/अभिव्यक्ति - बोम्जन गुरुङ, बुवाआमाको मायालाई मापन गर्ने कुनै साधन छैन । संसारमा सबैभन्दा ठूलो भगवान् को हुन् भन्ने प्रश्न उठेमा धेरैले

तिमीलाई भेट्ने मन छ

- प्रकाश सिधाने चैत बैशाखको तातो हावामा तिम्रो सम्झना सितल भएर आउँछ ओठ सुख्दा पनि मन भिज्छ किनकि अझै पनि तिमीलाई भेट्ने मन छ। वर्षौँ बिते, समय टाढियो तर

↑