३६ टीममा च्याम्पियन बन्दै वन्जु मुन्माक एफसी ४० लाख कोरियन वोन सहित पुरस्कृत
महिला तर्फ खुकुरी एफसी प्रथम
कोरिया स्थित छनान् खेलमैदानमा तमु धीं दक्षिण कोरियाद्धारा आयोजित "वरिष्ठ संगीतकार स्व.अम्बर गुरुङ स्मृति कप २०२६" को उपाधी वन्जु मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । जुलाई ५ तारिक आईतबार सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा मोक्पो एफसीलाई पाखा लगाउँदै वन्जु मुन्माक एफसी विजेता बनेको हो ।
सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध २ गोलले विजयी बनेको वन्जु मुन्माक फूटबल क्लबले नगद ४० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेता मोक्पो फूटबल क्लबले २० लाख कोरियन वोन सहित पुरस्कृत भए । फाईनलमा राज श्रेष्ठ र मन्दिप मगरको गोलले अग्रता लिँदै वन्जु मुन्माक फूटबल क्लबले एतिहासिक जित निकालेको हो । महिला तर्फ जम्मा ४ टिमले सहभागिता जनाएकोमा खुकुरी एफसी प्रथम र सउल एफसीले द्वित्तीय हुँदै क्रमशः पाँच लाख र तीन लाख कोरियन वोन सहित अन्य पुरस्कार प्राप्तको गरे ।
३६ टिमको सहभागिता रहेको सो प्रतियोगिता सफल बनाउन सहभागी टिम/खेलाडी साथै आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा आयोजक तमु धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
यही सेप्टेम्बर २० तारिख मुन्माक कोरियामा बहुसांस्कृतिक महोत्सवकै आकर्षक बन्दै लाखे नाच
नेपालको मौलिक संस्कृति, हाम्रो पहिचान र देशको शानका रूपमा वन्जु मुन्माक मैत्री समाजले कोरियामा लाखे नाच प्रस्तुत गर्ने भएको छ । दक्षिण कोरियाको
अन्याङ नेपाली समाज उल्सान कोरियाले यही सेप्टेम्बर २६ र २७ तारिक छैठौं बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने
कोरिया स्थित अन्याङ नेपाली समाज उल्सानले यही सेप्टेम्बर २६ र २७ तारिक छैठौं बनभोज तथा भेटघाट कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संस्थाले आकर्षक
कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई
दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण






प्रतिकृया दिनुहोस