३६ टीममा च्याम्पियन बन्दै वन्जु मुन्माक एफसी ४० लाख कोरियन वोन सहित पुरस्कृत

महिला तर्फ खुकुरी एफसी प्रथम

कोरिया स्थित छनान् खेलमैदानमा तमु धीं दक्षिण कोरियाद्धारा आयोजित "वरिष्ठ संगीतकार स्व.अम्बर गुरुङ स्मृति कप २०२६" को उपाधी वन्जु मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । जुलाई ५ तारिक आईतबार सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा मोक्पो एफसीलाई पाखा लगाउँदै वन्जु मुन्माक एफसी विजेता बनेको हो ।

सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध २ गोलले विजयी बनेको वन्जु मुन्माक फूटबल क्लबले नगद ४० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेता मोक्पो फूटबल क्लबले २० लाख कोरियन वोन सहित पुरस्कृत भए । फाईनलमा राज श्रेष्ठ र मन्दिप मगरको गोलले अग्रता लिँदै वन्जु मुन्माक फूटबल क्लबले एतिहासिक जित निकालेको हो । महिला तर्फ जम्मा ४ टिमले सहभागिता जनाएकोमा खुकुरी एफसी प्रथम र सउल एफसीले द्वित्तीय हुँदै क्रमशः पाँच लाख र तीन लाख कोरियन वोन सहित अन्य पुरस्कार प्राप्तको गरे ।

३६ टिमको सहभागिता रहेको सो प्रतियोगिता सफल बनाउन सहभागी टिम/खेलाडी साथै आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा आयोजक तमु धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई

दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण

कोरियाको वन्जुमा समर क्याम्प पिकनिक २०२७ आउँदो जुलाई १८ र १९ मा हुने

कोरियामा स्थापित स्याङ्जा भिरकोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई १८ र १९

कालीगण्डकी समाज कोरियाले आउँदो जूलाई ११ र १२ तारिक रमाईलो बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जूलाई महिनाको ११ र १२ तारिक दुई दिने "रमाईलो बनभोज कार्यक्रम २०२६" आयोजना गर्ने भएको छ । संस्थाले विशेष