कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई

दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको आयोजनामा आइतबार सुवनमा सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मी सम्पर्क समितिले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा सुदूरपश्चिम समाज दक्षिण कोरिया उपविजेता बनेको छ भने स्याङ्जा र विश्वकर्मा टोलीले सान्त्वना स्थान हासिल गरेका छन् ।

उपाधिसँगै गुल्मी सम्पर्क समितिले २२ लाख वन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता सुदूरपश्चिम समाजले १२ लाख वन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना स्थान हासिल गरेका स्याङ्जा र विश्वकर्मा टोलीलाई ५ लाख ५० हजार वन नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडीलाई १ लाख वन, उत्कृष्ट स्पाइकरलाई ५० हजार वन, उत्कृष्ट सेटरलाई ५० हजार वन, उत्कृष्ट डिफेन्डरलाई ५० हजार वन तथा उत्कृष्ट ब्लकरलाई ५० हजार वन नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘खेलकुदबाट एकता, एकता नै हाम्रो राष्ट्रियता’ भन्ने नारासहित आयोजित प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध बनाउनुका साथै आपसी भाइचारा, सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा २८ टोलीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। खेलाडीहरूको प्रतिस्पर्धात्मक प्रदर्शनसँगै नेपाली दर्शकहरूको उल्लेख्य उपस्थितिले प्रतियोगितालाई थप रोचक बनाएको थियो ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल भलिबल संघ दक्षिण कोरिया, विभिन्न संघसंस्था, सहयोगी, खेलाडी, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण दर्शकहरूलाई नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

आयोजकका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सम्बन्ध विस्तार गर्ने र आपसी एकतालाई अझ बलियो बनाउने उद्देश्यमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रतिकृया दिनुहोस

३६ टीममा च्याम्पियन बन्दै वन्जु मुन्माक एफसी ४० लाख कोरियन वोन सहित पुरस्कृत

कोरिया स्थित छनान् खेलमैदानमा तमु धीं दक्षिण कोरियाद्धारा आयोजित "वरिष्ठ संगीतकार स्व.अम्बर गुरुङ स्मृति कप २०२६" को उपाधी वन्जु मुन्माक फूटबल

कोरियाको वन्जुमा समर क्याम्प पिकनिक २०२७ आउँदो जुलाई १८ र १९ मा हुने

कोरियामा स्थापित स्याङ्जा भिरकोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई १८ र १९

कालीगण्डकी समाज कोरियाले आउँदो जूलाई ११ र १२ तारिक रमाईलो बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जूलाई महिनाको ११ र १२ तारिक दुई दिने "रमाईलो बनभोज कार्यक्रम २०२६" आयोजना गर्ने भएको छ । संस्थाले विशेष