यही सेप्टेम्बर २० तारिख मुन्माक कोरियामा बहुसांस्कृतिक महोत्सवकै आकर्षक बन्दै लाखे नाच
नेपालको मौलिक संस्कृति, हाम्रो पहिचान र देशको शानका रूपमा वन्जु मुन्माक मैत्री समाजले कोरियामा लाखे नाच प्रस्तुत गर्ने भएको छ । दक्षिण कोरियाको 강원특별자치도 원주시 지방보조금 지원사업 अन्तर्गत आयोजना हुन लागेको ‘외국인 주민과 지역주민이 함께하는 세계문화축제’ (विदेशी तथा स्थानीय बासिन्दाबीचको विश्व सांस्कृतिक महोत्सव) मा नेपालसहित विभिन्न देशका मौलिक संस्कृति, परम्परा, खानपान तथा सांस्कृतिक प्रस्तुतिहरूको भव्य संगम हुने भएको समाजका अध्यक्ष बोम्जन गुरुङले जानकारी गराए ।
यही २०२६ सेप्टेम्बर २० तारिख आइतबार 원주시 문막읍 행정복지센터 잔디광장 मा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त उत्सवमा नेपालको प्रतिनिधित्व गर्दै वन्जु मुन्माक मैत्री समाजले नेपालको मौलिक तथा ऐतिहासिक संस्कृति ‘लाखे नाच’ सहित विभिन्न आकर्षक नेपाली नृत्य तथा सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरेको समाजका वरिष्ठ उपाध्यक्ष डम्बर साम्बा लिम्बुले बताए ।
विदेशी भूमिमा नेपाली कला, संस्कृति, भेषभूषा र परम्परालाई विश्व समुदायमाझ चिनाउने यो अवसर नेपाली समुदायका लागि विशेष महत्वको रहेको र लाखे—नाच मात्र होइन, नेपाली पहिचानको प्रतीक रहेको बताउँदै लाखे केवल मनोरञ्जनका लागि प्रस्तुत गरिने नाच मात्र होइन । यो नेपाली इतिहास, मौलिक संस्कृति, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पक्ष रहेको समाजका महासचिव भिम घिसिङले जिकिर गरे ।
कोरियाको भूमिमा नेपाली भेषभूषासहित लाखेको ताल र संगीतमा नेपालको संस्कृति प्रस्तुत गर्न पाउनु नेपाली समुदायका लागि गौरवको विषय बनेको र विश्व सांस्कृतिक महोत्सवमा नेपालसहित १० भन्दा बढी देशका संस्कृति तथा परम्परा अवलोकन गर्ने अवसर प्राप्त हुनेछ साथै विभिन्न देशका मौलिक परिकारको स्वाद लिनुका साथै सांस्कृतिक प्रस्तुतिहरू प्रत्यक्ष हेर्न सकिने समाजका लाखे नाच संयाेजक सन्तोष श्रेष्ठले थपे ।
उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ भने नेपाली स्वादिष्ट परिकारको समेत निःशुल्क स्वाद लिन सकिने भएकाले कोरियामा रहेका नेपालीहरूका लागि यो विशेष अवसर बन्नेछ ।
वन्जु मुन्माक मैत्री समाजले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उल्लेखनीय सहभागिता जनाई नेपाली कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन साथ दिन हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम विवरण:
???? मिति: २०२६ सेप्टेम्बर २०, आइतबार
⏰ समय: दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म
???? स्थान: 문막읍 행정복지센터 잔디광장
????️ प्रवेश: निःशुल्क
???????? विशेष प्रस्तुति: नेपाली मौलिक संस्कृति ‘लाखे नाच’ तथा अन्य नेपाली सांस्कृतिक प्रस्तुति
???? विशेष आकर्षण: नेपालीलगायत विभिन्न देशका निःशुल्क परिकारको स्वाद तथा १० भन्दा बढी देशका संस्कृति अवलोकन गर्ने अवसर
अन्याङ नेपाली समाज उल्सान कोरियाले यही सेप्टेम्बर २६ र २७ तारिक छैठौं बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने
कोरिया स्थित अन्याङ नेपाली समाज उल्सानले यही सेप्टेम्बर २६ र २७ तारिक छैठौं बनभोज तथा भेटघाट कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संस्थाले आकर्षक
कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई
दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण
३६ टीममा च्याम्पियन बन्दै वन्जु मुन्माक एफसी ४० लाख कोरियन वोन सहित पुरस्कृत
कोरिया स्थित छनान् खेलमैदानमा तमु धीं दक्षिण कोरियाद्धारा आयोजित "वरिष्ठ संगीतकार स्व.अम्बर गुरुङ स्मृति कप २०२६" को उपाधी वन्जु मुन्माक फूटबल






प्रतिकृया दिनुहोस