जिपी कोईराला फाउन्डेशन अमेरिकाको बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

अमेरिका । गत भाद्र १० गते बुधबार नेपालको रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरुमा तिब्बतबाट अकल्पनीय रुपमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको कारणबाट नदी आसपासका हजारौं मानिसहरुले ज्यान गुमाउनुपरेको कहालीलाग्दो पीडा,हराईरहेका नागरिकहरुको खोजवीन तथा हजारौं घरबस्ती र भौतिक संरचनाहरुको क्षतीप्रती हामी जिपी कोईराला फाउन्डेशन न्यूयोर्क अमेरिका परिवार स्तब्ध छौं। यस शोकाकुल समयमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै,शोकाकुल परिवारजनमा हार्दिक समवेदना,धैर्यधारण गर्ने शक्तिको लागि फाउन्डेसनले प्रार्थना गरेको छ । देशमा परेको यो महाविपत्तीको सामना गर्न,पीडितहरुको लागि राहत,दु:खमा साथ दिने उद्देश्यले नेपाल सरकार,प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका कार्यसमितिका पदाधिकारी,स्वयंसेवक र आबद्ध ईच्छुक दाता महानुभावहरुबाट स्वैच्छिक आर्थिक सहयोग रु.६ लाख ७३ हजार रुपैयाँ जम्मा गरेको कार्यवाहक अध्यक्ष सुवर्ण लामाले बताएका छन् । उक्त आर्थिक सहयोगमा सहयोगी दाताहरु क्रमशःसुवर्ण लामा,छिरिङ राप्के लामा,रेखा श्रेष्ठ,राजेश आचार्य,रामचन्द्र अधिकारी,प्रेम अधिकारी क्षेत्री,सुर्य सिंखडा,ध्रुब कुँवर क्षेत्री,पासाङ गोपर्मा,फुडोमा शेर्पा,मलिक अहमद,बीलबहादुर तामाङ,पूर्णबहादुर तामाङ,हरी मगर,पेमा शेर्पा,मिङमा फुटी शेर्पा,डोमा शेर्पा,पाल्साङ तामाङ,दिलिप श्रेष्ठ,सञ्जु तामाङ,सहरा सुब्बा,एथन तामाङ,प्रिया लामा,चुङी शेर्पा,यांगेन नुर्बु शेर्पा,दानबहादुर मल्ल,गंगालाल प्रधान,कृष्ण थामी,सुजन खनाल,दिनेश भण्डारी,सुर्य लामा,टासी लामा,आङ शेर्पा,फुर्बा शेर्पाले सहयोग गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले

गत वर्षकै बिरासत कायम, गुरुङ गहना घरको रक्तदानमा ११४ युनिट रगत संकलन

पोखरा, २५ असोज । गुरुङ गहना घर प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत

↑