गुरुङ ( तमू) सोसाइटी ईंक युएसएको १३ औं अधिवेशन सम्पन्न,अध्यक्षमा अलिशादेवी गुरुङ निर्वाचित
अमेरिका । गुरुङ ( तमू) सोसाइटी ईंक युएसएको १३ औं अधिवेशन ज्याक्सन हाइट्समा शनिबार भव्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमबहादुर गुरुङको सभाध्यक्षतामा क्याप्टेन लोकबहादुर गुरुङको प्रमुख आतिथ्यमा विशिष्ट व्यक्तित्वहरु संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ,फिप्नाका निवर्तमान अध्यक्ष तोरण गुरुङ,तमू सामुदायिक भवन निर्माण समितिका संयोजक मेखबहादुर गुरुङ,संस्थाका पदाधिकारीहरु,अतिथिहरु,सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । संस्थाले समुदायको हितमा विगत २५ वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थाको अधिवेशन निर्वाचन समितिका निर्वाचन प्रमुख डा.रसकुमारी गुरुङको संयोजकत्वमा सदस्यहरु हर्कजंग गुरुङ,सिद्धार्थ गुरुङ सम्मिलित समितिले गुरुङ (तमू) सोसाइटी ईंक युएसएको इतिहाँसमा पहिलोपल्ट अध्यक्ष जस्तो गरिमामय पदमा अलिशादेवी गुरुङलाई सर्वसहमत निर्विरोध निर्वाचित गर्दै वरिष्ठ उपाध्यक्ष लिल गुरुङ,उपाध्यक्ष भक्त गुरुङ,महासचिव राजकुमार गुरुङ,सचिव सागर गुरुङ,कोषाध्यक्ष बिक्की (ओम) गुरुङ,सहकोषाध्यक्ष ज्ञानु गुरुङ,सदस्यहरु क्रमशःअजय गुरुङ, पम्फा गुरुङ,संगीता गुरुङ,बबि (करूणा) गुरुङ,पबित्रा गुरुङ,कमल गुरुङ,श्री गुरुङ,सन्तबहादुर गुरुङ,प्रधान गुरुङलाई निर्वाचित गरिएको जनाएका छन् । नवनिर्वाचित अध्यक्ष अलिशादेवी गुरुङ अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको नेतृत्व गरेका थिए ।
कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला
दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त
राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने
दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले




.jpeg)


प्रतिकृया दिनुहोस