वेथेगल टोल विकास समितिको छैठौं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा निर्मला क्षेत्री निर्वाचित

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित वेथेगलमा आजभन्दा ६ वर्ष अघि स्थापित वेथेगल टोल विकास समितिको आज शनिबार छैठौं तथा तेश्रो अधिवेशन भव्यताकासाथ वेथेगलमा सम्पन्न भएको छ । समितिकी अध्यक्ष एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीको सभाध्यक्षतामा वडा सदस्य राममाया नेपालीको प्रमुख आतिथ्यमा सल्लाहकार मानबहादुर थापामगर र ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापामगरको विशेष आतिथ्यता रहेको थियो । वार्षिक साधारण सभा तथा अधिवेशनमा आ.व.०८२/०८३ को वार्षिक आर्थिक,प्रगति प्रतिवेदन र आ.व.०८३/०८४ भित्र गरिने वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी सभा समक्ष राखेका थिए । सभाका प्रमुख अतिथि एवं वडा सदस्य नेपालीले समितिका नयाँ घर निर्माण गर्नु भएका घरधनीहरु पूर्व शिक्षक पूर्णिमा आले मगर,अन्जन गोविन्द श्रेष्ठ,श्यामलाल ( तरिमै) महर्जन,नोयलराज रिसाल,राधादेवी महर्जनलाई प्रमाण पत्र,खादा प्रदान गरेर सम्मान गर्नु भएको थियो । त्यसै गरि सभाको बन्द सत्रको क्रममा सभाध्यक्ष क्षेत्रीले समितिका निवर्तमान उपाध्यक्ष टेकरनाथ तिमल्सिना,निवर्तमान सचिव श्यामकाजी बस्नेत,निवर्तमान कोषाध्यक्ष नवीन लामा,निवर्तमान सदस्यहरु मनोज पोखरेल,वर्षा श्रेष्ठ,सुनिल थापामगर,संस्थापक सदस्य आर्यन तामाङ,पूर्वकोषाध्यक्ष सागर श्रेष्ठलाई धन्यवादसहित मायाको चिनो प्रदान गरेकी थिइन् । वेथेगल टोल विकास समितिको सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्षको लागि सामाजिक अभियन्ता निर्मला क्षेत्रीको अध्यक्षतामा उपाध्यक्ष पूर्णमान माली,सचिव मनबहादुर राई,कोषाध्यक्ष मंगला श्रेष्ठ,सदस्यहरु क्रमशः दिनेश राई,रमेश खड्का,कमल तामाङ,सविना महर्जन,जीवन तामाङलाई निर्विरोध निर्वाचित गर्दै निर्वाचित पदाधिकारीहरुलाई निवर्तमान सल्लाहकार मानबहादुर थापामगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । समितिले स्थापनाको ६ वर्षको दौरानमा सदस्यता विस्तार,सरसफाइ,मोटरबाटोको स्तर उन्नति,ढल तथा खानेपानीको पाइप मर्मत,निर्माण,वेथेगल पँधेरोमा पानी ट्याङ्की निर्माण,वेथेगल टोलमा विजुली बत्तिको पोल गाढ्नुकासाथ साथै विजुली बत्तिका तार मर्मत सुधार,मरणोप्रान्त आर्थिक सहयोग,कोन्ज्योसोम गा.पा.-३ दलचोकी मनकामना मन्दिरमा वनभोज कार्यक्रम,क्यालेन्डर प्रकाशन,वेथेगल पँधेरोमा वृक्षारोपण,स्थापना दिवस,वार्षिक साधारण सभा जस्ता विभिन्न टोलवासीको हितमा नेपाल सरकारको वागमती प्रदेश सरकार,स्थानीय सरकार गोदावरी नगरपालिका,नेपाल विद्युत प्राधिकरण,गोनपा वडा नं.१२ ठेचो वडा कार्यालय र समितिका पदाधिकारी,टोलवासीहरुबाट आर्थिक सहयोग,अनुदान लिएर कार्य गर्दै आई रहेको समितिकी नवनिर्वाचित अध्यक्ष निर्मला क्षेत्रीले बताउनु भएको छ । समितिको छैठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनमा सल्लाहकारहरु,पदाधिकारीहरु,आजीवन सदस्यहरु,सक्रिय सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,पत्रकार,व्यवसायी,टोलवासीहरुको सहभागिता रहेको सभामा उपाध्यक्ष टेकरनाथ तिमल्सिनाले स्वागत मन्तव्य र कार्यक्रमको संचालन मंगला श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त

राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले

↑