कास्की परिवार दक्षिण कोरियाको नवौं वार्षिक साधारण सभा यही सेप्टेम्बर २६ मा हुने
कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था कास्की परिवारको वार्षिक साधारण सभा यही सेप्टेम्बर २६ तारिक हुने भएको छ । संस्थाको नवौं केन्द्रीय कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्म्योआप् स्थित नमस्ते रेस्टुरेन्टको सभाहल (서울 종로구 지봉로 18 금강빌딩 2층) मा बिहान १० बजे शुरु हुने गरी उक्त वार्षिक साधारण सभा गर्ने भएको हो ।
"संगठित समूह नै परदेशको साहारा हो" भन्ने संस्थाको मूल नारा सहित सन् २००८ मा स्थापना परिवारले दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ परिवारका अध्यक्ष सन्तोष गुरुङले बताए ।
कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका कस्केलीहरुको एकता र सद्भाव कायम गर्दै ख्यङ्साङ्नाम्दो बुसान र थेगुमा समेत आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र विभिन्न कार्यक्रम आयोजना गर्दै संस्थालाई थप चलायमान गराउँदै आएको सन्दर्भ महासचिव चिरञ्जीवी (रोहन) केसीले थपे ।
कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजित सो नवौं वार्षिक साधारण सभालाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु, कोरियास्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम तपसिल :
मिति : २०२६ अक्टोबर २६ तारिक शनिबार
समय : दिनको ठिक १०:०० बजे
स्थान : नमस्ते रेस्टुरेन्टको सभाहल (서울 종로구 지봉로 18금강빌딩 2층), दोङ्म्यो
आप् सउल
राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने
दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले
यही सेप्टेम्बर २० तारिख मुन्माक कोरियामा बहुसांस्कृतिक महोत्सवकै आकर्षक बन्दै लाखे नाच
नेपालको मौलिक संस्कृति, हाम्रो पहिचान र देशको शानका रूपमा वन्जु मुन्माक मैत्री समाजले कोरियामा लाखे नाच प्रस्तुत गर्ने भएको छ । दक्षिण कोरियाको






प्रतिकृया दिनुहोस