गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं रात्रिभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्थाका अध्यक्ष नर कुमार गुरुङले जानकारी दिएका छन् ।
कार्यक्रम सन् २०२६ अक्टोबर १७ तारिख शनिबार सउलको गाङ्बुकस्थितकाे हलमा (소귀골백운산장) मा साँझ ८ बजेबाट सुरु हुने र कार्यक्रममा शुभकामना आदानप्रदान, टीका–जमरा ग्रहण तथा नेपाली परम्परा र संस्कृतिसँग सम्बन्धित गतिविधिका साथै रात्रिभोजको व्यवस्था गरिएको कार्यक्रम संयोजक अमृत पाठकले जनाएको छ ।
समाजले कोरियामा रहेका सम्पूर्ण गण्डकीवासी तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम विवरण
मिति: अक्टोबर १७, २०२६ (शनिबार)
समय: साँझ ८:०० बजे
स्थान: 서울 강북구 삼양로181길 206
राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने
दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन
यही सेप्टेम्बर २० तारिख मुन्माक कोरियामा बहुसांस्कृतिक महोत्सवकै आकर्षक बन्दै लाखे नाच
नेपालको मौलिक संस्कृति, हाम्रो पहिचान र देशको शानका रूपमा वन्जु मुन्माक मैत्री समाजले कोरियामा लाखे नाच प्रस्तुत गर्ने भएको छ । दक्षिण कोरियाको
कास्की परिवार दक्षिण कोरियाको नवौं वार्षिक साधारण सभा यही सेप्टेम्बर २६ मा हुने
कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था कास्की परिवारको वार्षिक साधारण सभा यही सेप्टेम्बर २६ तारिक हुने भएको छ । संस्थाको नवौं केन्द्रीय






प्रतिकृया दिनुहोस