स्याङ्जा समाज कोरियाले अक्टोबर २४ मा दशैं मनाउने
प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुन थाई रेष्टुरेन्टमा स्याङ्जा समाज दक्षिण कोरियाले २०८३ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष माधव अर्यालले बताए ।
दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलनलाई कायम राख्दै यो महत्वपूर्ण अवसर प्राप्त गर्न सकिने संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टोप थापा मगरले जानकारी दिए । साथै विविध साँस्कृतिक प्रस्तुतिको साथमा नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरिने संस्थाका केन्द्रीय महासचिव कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।
२०८३ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा समस्त सु-स्वास्थ्य, सुख-समृद्धि , खुशी र दीर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संस्था सम्बद्ध (केन्द्रीय, किम्हे/बुसान, थेगु शाखा) सम्पूर्ण कोरियास्थित स्याङ्जाली तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा पाल्नुभई सभ्य र भव्य रुपमा सफल बनाउनुहुन आयोजक स्याङ्जा समाजले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम तपसिल
मिति : २०२६ अक्टोबर २४ तारिक (शनिवार)
स्थान : नेपाली थाई रेष्टुरेन्ट, दोङ्देमुन(सउल)
समय : साँझ ठीक ०८:०० बजे
जाने तरिका : लाईन नं. १, दोङ्देमुन स्टेशन, गेट नम्बर २ को अगाडि ।
कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला
दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त
स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन
कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित
अगष्ट १७ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विधान संशोधन सम्बन्धी बृहत् भेला आयोजना गर्ने
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही अगष्ट १७ तारिक सौलमा "विधान संशोधन सम्बन्धी बृहत् भेला" कार्यक्रम आयोजना गर्ने भएको छ । सउलको [종로구 창신길





.jpeg)


प्रतिकृया दिनुहोस