कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला
दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त चलचित्रको दक्षिण कोरियामा प्रदर्शन गर्ने अनुमति पाएको तमु धींले कोरियाकाे विभिन्न सहरहरुमा भव्य प्रदर्शनको निम्ति बुकिङ खुल्ला गरिरहेकाे आयोजक संस्था तमु धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी गराएका छन् ।
बाँसुरी फिल्म्सको ब्यानरमा रामबाबु गुरुङको निर्देशनमा बनेको "कबड्डी ५" नेपाली चलचित्र क्षेत्रको चर्चित कबड्डी श्रृङ्खलाकाे पाँचौं सिरिज हो । प्रेम, सम्बन्ध, पारिवारिक परिवेश र ग्रामीण नेपाली समाजको जीवनशैलीलाई बढो उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएकाे कारण कबड्डीका सबै सिरिजहरुले शानदार शो पाएका थिए । अक्टोबर २३ अर्थात् अक्टोबर २३ मा देशैभर रिलिज हुने तयारी रहेको र सोही अनुसार कोरियाका लागी "ग्राण्ड शो" तयारीमा जुटिरहेको तमु धीं कोरियाका महासचिव सुनिल गुरुङले बताए ।
यस अघि प्रदर्शनमा आएका ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी ३’ र 'कबड्डी ४’ काे लोकप्रियता सँगै पाँचौ भागप्रति पनि दर्शकको चासो अत्याधिक बढेको छ । विशेषगरी कबड्डी श्रृङ्खलाले मौलिक नेपाली परिवेश, संवाद, हाँस्य र सामाजिक सम्बन्धलाई पर्दामा प्रस्तुत गर्दै नेपाली चलचित्रप्रेमीमाझ छुट्टै पहिचान बनाएको छ ।
दक्षिण कोरियामा नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै प्रवासी नेपालीलाई नेपाली चलचित्रसँग जोड्ने उद्देश्यले चलचित्रको विशेष प्रदर्शनको तयारी गरिएको हो । कोरियाको लागि प्रदर्शनको अनुमति पाएसँगै वितरककाे पनि जिम्मा पाएको तमू धींले दक्षिण कोरियाका विभिन्न नेपाली संघसंस्था लाई प्रदर्शनको निम्ति बुकिङ खुल्ला गरेकोे छ ।
विदेशमा व्यस्त जीवन बिताइरहेका नेपालीलाई नेपाली चलचित्रमार्फत आफ्नै भाषा, संस्कृति र समाजसँग जोड्ने यस्ता कार्यक्रमले मनोरञ्जनसँगै आपसी भेटघाट र सामाजिक एकतालाई समेत बल पुर्याउने अपेक्षा गरिएको छ । आयोजक तमु धींले दक्षिण कोरियामा चलचित्रको भव्य प्रदर्शन गर्ने तयारी गरिरहेको जनाउँदै दर्शकलाई प्रदर्शनसम्बन्धी थप जानकारीका लागि सार्वजनिक सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।
TEJ GRG: 010-9665-8945
JAMANSINGH GRG: 010-8438-9017
RUPA GRG: 010-2293-2730
SUNIL GRG: 010-9618-2939
LESHAN GRG: 010-8824-9361
LILU GRG:010-8485-2281
YB GRG: 010-2112-8506
AMRIT GRG: 010-2724-6551
SAROJ GRG: 010-5056-0853
URMILA GRG: 010-2058-2032
SABNAM G
RG: 010-9106-2572
राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने
दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा
दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले
गत वर्षकै बिरासत कायम, गुरुङ गहना घरको रक्तदानमा ११४ युनिट रगत संकलन
पोखरा, २५ असोज । गुरुङ गहना घर प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत



.jpeg)


प्रतिकृया दिनुहोस