छतिवन श्रीपुरका २ सय ७१ जना विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक सामग्री र ज्यामितिबक्स वितरण

मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ श्रीपुरस्थित

श्री प्रभात माद्यमिक विद्यालयमा अध्ययनरत २ सय ७१ जना विद्यार्थीहरुलाई पूर्वघोषित कार्यक्रमनुसार लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा काठमाडौं बौंद्ध निवासी वरिष्ठ समाजसेवी सुर्यबज्र लामा,तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष,मोडल एवं कलाकार चाँदनी योञ्जन तामाङ र गैर आवासीय नेपाली संघ एन.आर.एन.ए.बार्सिलोना,स्पेनका क्षेत्रीय सचिव दीपा तामाङको व्यक्तिगत आर्थिक सहयोगमा बिहीबार न्यानो कपडा,शैक्षिक सामग्री,ज्यामितिबक्स र कार्यरत शिक्षक,कर्मचारीहरु २१ जनालाई सल,गलबन्दी वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल कठायतको सभाध्यक्षतामा वडाध्यक्ष एवं प्रमुख अतिथि लक्ष्मी लोप्चन जिम्बा तामाङले विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई न्यानो कपडा,शिशुदेखि कक्षा २ सम्मका ५३ जना विद्यार्थीलाई कपि,पेन्सिल,स्केल,इरेजर,कटर,कक्षा ३ देखि कक्षा १० सम्मका २ सय १८ जना विद्यार्थीहरुलाई ज्यामितिबक्स र लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले कार्यरत शिक्षक,कर्मचारी २१ जनालाई सल,गलबन्दी वितरण गर्नु भएको थियो ।

शिक्षक राजन घोरासैनीले कार्यक्रमको संचालन,प्रधानाध्यापक धनबहादुर लामाले स्वागत मन्तव्य गर्नु भएको समारोहमा विद्यालयका सहायक प्रधानाध्यापक कुमार स्याङ्बो,परीक्षा संयोजक लक्ष्मी आचार्य,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवजित जिम्बा,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शंकर जिम्बा,शान्ति चुनार,शिक्षक,कर्मचारी र विद्यार्थी भाइबहिनीहरुको व्यापक सहभागिता रहेको शिक्षक कल्पना गोले तामाङले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

पोखरामा `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा तमु प्ये ल्हु संघको संयुक्त बैठक, विभिन्न उपसमितिहरु गठन

१६ कार्तिक २०८३, पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आज २०८३ कार्तिक १६ गते `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा बसेको संयुक्त बैठक

सनैयामा हाम्रो नुवाकोट,हामी नुवाकोटे गीतको अडियो तथा भिडियो प्रदर्शन कार्यक्रम सम्पन्न

कतार । नुवाकोट सेवा समाज दोहा,कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको शुभ अवसरमा"सेवा नै धर्म हो"भन्ने मुल नाराकासाथ

भँडौराका ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा ज्यामितिबक्स वितरण

मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ भँडौरास्थित श्री किसान जागरुक सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय

↑