बुसान किम्हेमा श्रमिक सचेतना तथा राहदानी नवीकरण सेवा कार्यक्रम सम्पन्न
दक्षिण कोरियाको बुसान स्थित किम्हे शहरमा नेपाली दूतावास दक्षिण कोरियाको आयोजना र न्यू भिजन ग्रुप दक्षिण कोरियाको सह-आयोजनाको समन्वयतामा श्रमिक सचेतना तथा राहदानी नवीकरण सेवा कार्यक्रम सम्पन्न भएको छ । गत अघिल्लो हप्ता मिति २०२५.०९.०७ तारिख ( भाद्र २२ गते) आइतबारका दिन सफल तथा प्रभावकारी रूपमा सम्पन्न भएको थियो कार्यक्रममा राजदुतावासका कर्मचारीहरु, वैदेशक सहायता केन्द्र किम्हेका प्रमुख 강선희 센터장님, 정주영 상담팀, 전수연 상담대리님 र नेपाली विभागका परामर्शदाता निमा शेर्पा अन्य संघ संस्थाका अध्यक्ष ज्यूहरु न्यू भिजन ग्रुपका सल्लाहकार मिडिया कर्मी लगायत करिब एक सय ३० जना सहभागीतामा कार्यक्रम भएको हो ।
न्यू भिजन ग्रुपका अध्यक्ष श्री तगेन्द्र राईका अनुसार दक्षिण कोरियाको राजधानी सउल पछि नेपालीहरु सङ्ख्या दक्षिण भेग बुसानका आसपास उल्लेखनीय रूपमा बसोबास गर्नु भएको धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हुनुभएको हुँदा, उहाँहरुको बिशेष सेवा सुबिधाका निमित्त यस प्रकारको सामाजिक सेवामुखी कार्यक्रमहरु बिगत लामो समयबाट विभिन्न संघ संस्थाहरसँग समन्वय र आयोजना गर्दै आएको बताउनुभएको छ । यसैगरी यस पटक पनि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको राहदानी हराएको साथै नवीकरण गर्नु पर्ने, चालक अनुमति पत्र , सम्बन्ध बिच्छेद जस्ता विभिन्न बिषयहरुको सहजीकरण कार्यहरको निमित्त राजधानी सउल दूतावास जानलाई लामो समय र विविध समस्याहरुको मद्य्यनजर गरि हाम्रो संस्थाले दूतावाससँग समन्वय गरि सेवाग्राहीहरुको पायक क्षेत्रमा हामी सेवा सुबिधा प्रदान गरेका छौ। आज किम्हे क्षेत्रमा आयोजित घुम्ती सेवा कार्यक्रममा ९५ जना सेवाग्राहीहरुले सेवा प्राप्त गरि दूतावासको अन्तरक्रिया दोहोरो संवादबाट पनि दूतावासका विभिन्न कुराको जानकारी आदानप्रदान भएको राईले बताउनुहुन्छ ।
संस्थाका प्रमुख सल्लाहकार जीवन शर्माले आजको घुम्ती सेवा अत्यन्तै सेवापुर्ण उचित ब्यवस्थापनद्वारा टाढाबाट सेवा लिन आउनु भएका सेवाग्राहीहरुको समयलाई नजरअन्दाज गरि जिम्मेवारी पुर्ण समय भित्रै कार्यक्रम सम्पन्न भएकोमा खुशी ब्यक्ति गर्दै दूतावासको अन्तरक्रिया कार्यक्रममा E-7 भिसाद्वारा नेपालबाट कोरिया ल्याउने प्रणालीको यथार्थता बारे श्रम काउन्सिलर श्री मैया कंडेलले प्रष्ट पारी दिनुभएको हुँदा धेरै ब्यक्तिहरुले उचित जानकारी पाएको बताउनु भयो ।
अन्त्यमा अध्यक्ष राईले नेपाली राजदुतावास दक्षिण कोरियाको समन्वयमा गरिएको कार्यक्रम आयोजनाका निमित्त हल उपलब्ध गराइदिनु हुने वैदेशिक सहायता केन्द्र किम्हे, टेलिकम पार्टनर - Connect mobile, GKS korea , रेमिटेन्स पार्टनर - Fone money, मिडिया पार्टनर - बिशाल आवाज, IME media, रेडियो गोर्खाली कोरिया संवाददाता साथै सम्पुर्ण सेवाग्राही लगायत न्यू भिजन परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
पोखरामा `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा तमु प्ये ल्हु संघको संयुक्त बैठक, विभिन्न उपसमितिहरु गठन
१६ कार्तिक २०८३, पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आज २०८३ कार्तिक १६ गते `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा बसेको संयुक्त बैठक
सनैयामा हाम्रो नुवाकोट,हामी नुवाकोटे गीतको अडियो तथा भिडियो प्रदर्शन कार्यक्रम सम्पन्न
कतार । नुवाकोट सेवा समाज दोहा,कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको शुभ अवसरमा"सेवा नै धर्म हो"भन्ने मुल नाराकासाथ
छतिवन श्रीपुरका २ सय ७१ जना विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक सामग्री र ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ श्रीपुरस्थित श्री प्रभात माद्यमिक विद्यालयमा अध्ययनरत २ सय ७१ जना विद्यार्थीहरुलाई पूर्वघोषित



प्रतिकृया दिनुहोस