कोरियामा NRNA ले नेपाली समुदाय लक्षित सचेतना तथा मनोपरामर्श कार्यक्रम आउँदो जून २१ मा गर्ने

गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले काेरियामा रहेका श्रमिक, विद्यार्थीलाई लक्षित गर्दै सचेतना एवं मनोपरामर्श कार्यक्रम गर्ने भएकाे छ । आउँदो जून २१ तारिक दिउँसो १२ बजेदेखि शुरु हुने गरि सउल दोङ्देमुन स्थित सेमाउल बैंकको सभाहलमा उक्त कार्यक्रम आयोजना गर्ने जानकारी संघका अध्यक्ष पार्वती मोक्तान तामाङले जानकारी दिए ।

प्रवास जीवनमा आइपर्ने विभिन्न चुनौती, दुःख तथा मानसिक तनावलाई सकारात्मक ढङ्गले सामना गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कोरियाको काम, तलब, कार्यस्थल तथा दैनिक जीवनसँग सम्बन्धित समस्याबारे खुला अन्तरक्रिया गर्दै सहभागीहरूको मनोबल बलियो बनाउने र उपयोगी राय–सुझाव सङ्कलन गर्ने विश्वास आयोजकले लिएको छ ।

कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई सचेतना, मानसिक स्वास्थ्य तथा मनोपरामर्शसँग सम्बन्धित महत्वपूर्ण जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । साथै, हरेक परिस्थितिलाई आत्मविश्वासका साथ सामना गर्न प्रेरणा र व्यवहारिक मार्गदर्शन समेत दिइने बताइएको छ ।

कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । “श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम–२०२६” मा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई लाभ लिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ

स्याङ्जामा एसईई परीक्षा सर्वोत्कृष्ट छात्राछात्रहरुलाई सम्मान कार्यक्रम सम्पन्न

स्याङ्जा समाज दक्षिण कोरियाको आयोजनामा तथा रिटर्निज कोरिया स्याङ्जा समाज नेपालको सहकार्यमा सामुदायिक विद्यालयबाट २०८२ एसईई परीक्षामा उत्कृष्ट

कोरिया स्याङ्जा परिवार बुसान किम्हे शाखाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४