स्याङ्जामा एसईई परीक्षा सर्वोत्कृष्ट छात्राछात्रहरुलाई सम्मान कार्यक्रम सम्पन्न

स्याङ्जा समाज दक्षिण कोरियाको आयोजनामा तथा रिटर्निज कोरिया स्याङ्जा समाज नेपालको सहकार्यमा सामुदायिक विद्यालयबाट २०८२ एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी भाईबहिनीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आज त्रिभुवन आदर्श माध्यमिक विद्यालय स्याङ्जामा भव्य तथा सभ्य रूपमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि प्रेरणा प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले सामुदायिक विद्यालयबाट पनि मेहनत, अनुशासन र लगनशीलताका माध्यमबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिने उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरेका थिए । साथै, प्रवासी भूमि कोरियामा रहेर पनि आफ्नो जन्मभूमिको शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका संस्थाहरूको कार्यको खुलेर प्रशंसा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सभाध्यक्ष तथा रिटर्निज कोरिया स्याङ्जा समाज नेपालका अध्यक्ष धर्मराज गुरुङले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष चिरञ्जीवी ढकाल, त्रिभुवन आदर्श माध्यमिक विद्यालय स्याङ्जाका प्रधानाध्यापक प्रेम पौडेल, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोलराज ढकाल, शहिद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्ले तथा रिटर्निज कोरिया स्याङ्जा समाज नेपालका सल्लाहकार नवराज वाग्ले, स्याङ्जा समाज दक्षिण कोरियाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष माधव अर्याल लगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमले शिक्षा क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ

कोरियामा NRNA ले नेपाली समुदाय लक्षित सचेतना तथा मनोपरामर्श कार्यक्रम आउँदो जून २१ मा गर्ने

गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले काेरियामा रहेका श्रमिक, विद्यार्थीलाई लक्षित गर्दै सचेतना एवं मनोपरामर्श

कोरिया स्याङ्जा परिवार बुसान किम्हे शाखाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४