गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं रात्रिभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्थाका अध्यक्ष नर कुमार गुरुङले जानकारी दिएका छन् । 

कार्यक्रम सन् २०२६ अक्टोबर १७ तारिख शनिबार सउलको गाङ्बुकस्थितकाे हलमा (소귀골백운산장) मा साँझ ८ बजेबाट सुरु हुने र कार्यक्रममा शुभकामना आदानप्रदान, टीका–जमरा ग्रहण तथा नेपाली परम्परा र संस्कृतिसँग सम्बन्धित गतिविधिका साथै रात्रिभोजको व्यवस्था गरिएको कार्यक्रम संयोजक अमृत पाठकले जनाएको छ ।

समाजले कोरियामा रहेका सम्पूर्ण गण्डकीवासी तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम विवरण

मिति: अक्टोबर १७, २०२६ (शनिबार)

समय: साँझ ८:०० बजे

स्थान: 서울 강북구 삼양로181길 206

 

प्रतिकृया दिनुहोस

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ

स्याङ्जामा एसईई परीक्षा सर्वोत्कृष्ट छात्राछात्रहरुलाई सम्मान कार्यक्रम सम्पन्न

स्याङ्जा समाज दक्षिण कोरियाको आयोजनामा तथा रिटर्निज कोरिया स्याङ्जा समाज नेपालको सहकार्यमा सामुदायिक विद्यालयबाट २०८२ एसईई परीक्षामा उत्कृष्ट

कोरियामा NRNA ले नेपाली समुदाय लक्षित सचेतना तथा मनोपरामर्श कार्यक्रम आउँदो जून २१ मा गर्ने

गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले काेरियामा रहेका श्रमिक, विद्यार्थीलाई लक्षित गर्दै सचेतना एवं मनोपरामर्श

↑