धनेश्वरका ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा ज्यामितिबक्स वितरण

काभ्रे । पनौती नगरपालिका वडा नं.५ धनेश्वरस्थित श्री धनेश्वर महादेव आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउने उद्धेश्यले स्कुल नै भविष्यको आधार हो भन्ने मुल नाराकासाथ विजया दशमी तथा शुभ दीपावली-२०८३ को शुभ अवसरमा लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा ललितपुर महाङकाल गाउँपालिका वडा नं.१ बुखेलका समाजसेवी फुलकुमारी ङेसुर तामाङको व्यक्तिगत आर्थिक सहयोगमा पूर्वघोषित कार्यक्रमनुसार आज शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री,ज्यामितिबक्स र कार्यरत शिक्षक कर्मचारी ७ जनालाई सल तथा गलबन्दी वितरण समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य सविन बोगटीको सभाध्यक्षतामा वडा सदस्य एवं प्रमुख अतिथि सविता थापाले विद्यार्थीहरुलाई कपि,पेन्सिल,इरेजर,कटर,ज्यामितिबक्स,डट्पेन,स्केल र लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले शिक्षक,कर्मचारीहरुलाई सल,गलबन्दी वितरण गर्नु भएको थियो । विद्यालयकी शिक्षक शर्मिला तिमल्सिनाले कार्यक्रम संचालन गर्नु भएको समारोहमा समाजसेवी सहकुल थापा,प्रधानाध्यापक उपेन्द्र हुमागाईले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समारोहमा निवर्तमान प्रधानाध्यापक महेश्वरी थापा,शिक्षक,कर्मचारी,अभिभावक, विद्यार्थी भाइ,बहिनीहरुको व्यापक सहभागिता रहेको शिक्षक दुर्गा गिरीले जनाएकी छिन् ।

प्रतिकृया दिनुहोस

कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त

राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले

↑