गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं रात्रिभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्थाका अध्यक्ष नर कुमार गुरुङले जानकारी दिएका छन् । 

कार्यक्रम सन् २०२६ अक्टोबर १७ तारिख शनिबार सउलको गाङ्बुकस्थितकाे हलमा (소귀골백운산장) मा साँझ ८ बजेबाट सुरु हुने र कार्यक्रममा शुभकामना आदानप्रदान, टीका–जमरा ग्रहण तथा नेपाली परम्परा र संस्कृतिसँग सम्बन्धित गतिविधिका साथै रात्रिभोजको व्यवस्था गरिएको कार्यक्रम संयोजक अमृत पाठकले जनाएको छ ।

समाजले कोरियामा रहेका सम्पूर्ण गण्डकीवासी तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम विवरण

मिति: अक्टोबर १७, २०२६ (शनिबार)

समय: साँझ ८:०० बजे

स्थान: 서울 강북구 삼양로181길 206

 

प्रतिकृया दिनुहोस

कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त

राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन

गत वर्षकै बिरासत कायम, गुरुङ गहना घरको रक्तदानमा ११४ युनिट रगत संकलन

पोखरा, २५ असोज । गुरुङ गहना घर प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत

↑